जुम्ला । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समीक्षा कार्यक्रम आज जुम्लामा सम्पन्न भएको छ । चन्दननाथ नगरपालिकाको सहकार्य र राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मंसिर ९ (नोभेम्वर २५) देखि मंसिर २४ (डिसेम्बर १०) सम्म जिबन मर्यादा समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार भन्ने नाराका साथ जुम्लामा चलाइएको १६ दिने अभियानको समापन तथा समीक्षा कार्यक्रम आज जुम्ला उद्योग वाणिज्य सङ्घको हलमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख, जिल्ला प्रमुख अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा देवि दत्त गणका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना नेपाल (आचार्य ) का अनुसार लैङ्गिक हिंसाविरुद्ध राज्य, समुदाय र संस्थाहरूले समन्वय गरेर अघि बढ्नु पर्ने आवश्यकता पर्ने उनले बताएकी छन् । लैङ्गिक हिंसा उन्मूलनका प्रयासहरू कागजमै सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्छ उहाँको भनाइ छ ।
जिल्ला प्रमुख अधिकारी दीपक पौडेलका अनुसार नागरिकको सुरक्षा र हकअधिकार सुनिचित गर्न प्रशासन सदैब प्रतिबद्ध रहने उनको भनाइ छ । हिंसामुक्त समाज निर्माणका लागि सबै निकायको साझा सहयोग आवश्यक भएको बताउनु भयो ।
जिल्ला समन्वय समिति प्रमुखले स्थानीय तहको प्रभावकारी भूमिका मार्फत लैङ्गिक हिंसा रोकथाममा योगदान पुर्याइरहेको बताउँदै, अभियानले जनचेतनामुलक कार्यक्रम गरिरहनु पर्ने बताउनु भयो ।
कार्यक्रममा १६ दिने अभियानका क्रममा गरिएका गतिविधिहरू, चुनौती, सुधारका उपाय तथा आगामी वर्षका लागि प्रभावकारी कार्ययोजना हरूबारे विस्तृत समीक्षा गरिएको थियो ।





