अध्यारो रात कायम छ
जङ्गलको बास कायम छ
जंगली बाघहरु खुला छन्
मेरो रगतले ल्याएको सत्ता भूमिगत छ
के म म स्वतन्त्र छु ?
कि म बन्धक छु !!

उज्यालो आउने छ
बस्तीको बास सुरु हुनेछ
जंगली बाघलाई बाधिनेछ
रगतको मूल्य बचाइने छ ,
म स्वोतन्त्र हुनेछु
मेरा बन्धन तोडिने छन्
म बन्धन मुक्त हुनेछु ।
मेरो घर जलेको होइन
मेरो आस्थाको मन्दिर जलेको हो
मेरो आस्थाको मन्दिर भित्र
थुप्रिएको भ्रस्टाचारको डङ्गुर जलेको हो
मेरो आस्थाको सगरमाथाको गजुर जलेको हो
मेरो नैतिकताको धरातल हल्लिएको हो
मेरो जमिन अल्लिएको हो।
हाम्रा नाडीको
पचहत्तर लाखको घडीले
सहि समय किन बताएन ?
पाचलाखको बिछौनाले
निद्रा किन लगाएन ?
प्रिय कमरेड !
घडीले किन झुक्यायो ?
अब नया घडीले
हाम्रो समय बताउने छ
सबेरै बास्ने भालेको डाकले
हाम्रो निद्रा ब्युझाउने छ
र , उठेर मेलापात जानुछ
क्षितिजमा सुर्य अस्ताएपछि
आफ्नै गोठमा फर्किनु छ।
✍️ मनऋषि धिताल





