काठमाडौं । इरानलाई होर्मुज जलसन्धि खोल्न वा नागरिक पूर्वाधारहरूमा भीषण आक्रमणको सामना गर्न डोनाल्ड ट्रम्पले दिएसँगै इरानी अधिकारीहरूले युवाहरूलाई देशका ऊर्जा केन्द्रहरू वरिपरि मानव साङ्लो बनाउन आह्वान गरे ।

इरानी सञ्चारमाध्यमहरूले तेहरान नजिकै रहेको देशको सबैभन्दा ठूलो ऊर्जा केन्द्रलगायत उत्तर(पश्चिमको ताब्रिजमा मानिसहरू विद्युत् केन्द्रहरू बाहिर जम्मा भई इरानी झन्डा फहराइरहेको र ब्यानर बोकिरहेको देखाएका छन्। दक्षिण(पश्चिमको डेजफुलमा, १,७०० वर्ष पुरानो मानिने एउटा पुलमा मानिसहरू भेला भएका थिए।
समाचार संस्था एपीका अनुसार, इरानका राष्ट्रपति मसुद पेजेस्कियनले १ करोड ४० लाख मानिसले आफ्नो देशका लागि लड्न स्वयंसेवकको रूपमा नाम दर्ता गराएको र ‘इरानको रक्षाका लागि आफ्नो ज्यान आहुति दिन तत्पर रहेको घोषणा गरेको’ बताए ।
अमेरिकी राष्ट्रपतिले ‘आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुनेछ’ भनी धम्की दिएसँगै यी तयारीहरू गरिएका थिए । इरानलाई होर्मुज स्ट्रेट पुनः खोल्न ट्रम्पले दिएको बेलुका ८ बजेको समयसीमा सकिनुअघि ट्रम्पले उक्त धम्की दिएका थिए । यद्यपि, अमेरिकाले दिएको समयसीमा सकिनु केही समयअघि मात्रै ट्रम्पले २ हप्ताको युद्धविराम घोषणा गरेका छन्।
सम्भावित भीषण अमेरिकी आक्रमणको त्रासमा इरानी नागरिकहरूले देशव्यापी रूपमा ऊर्जा केन्द्रहरू घेरेर प्रतीकात्मक प्रतिरोध देखाए पनि, अन्तिम समयमा आएर दुवै पक्ष २ हप्ताको युद्धविराम र कूटनीतिक वार्तामा सहमत भएका छन्।
इरानले होर्मुज स्ट्रेट पूर्ण रूपमा, तत्काल र सुरक्षित तवरले खुला गर्नुपर्ने सर्तमा यो युद्धविराम लागू गरिएको ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिएका छन्।
ट्रम्पले इरानको पूर्वाधार वरिपरि युवाहरूलाई उभ्याउने कार्यलाई ‘पूर्ण रूपमा गैरकानुनी’ भनेर आलोचना गरे पनि पाकिस्तानको मध्यस्थतामा दुई देशबीच वार्ता अघि बढेको छ।
इरानले सुरक्षित जलमार्ग, युद्धपछिको पुनर्निर्माण र अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्ने मागसहित १० बुँदे शान्ति प्रस्ताव पेस गरेको छ। ट्रम्पले यस प्रस्तावलाई ‘वार्ताका लागि एउटा व्यावहारिक आधार’ भनेका छन्।
मानव साङ्लो प्रदर्शन
देशका विभिन्न स्थानमा रहेका प्रमुख ऊर्जा केन्द्रहरू ९पावर प्लान्ट० र पुलहरूको वरिपरि मानिसहरूले छुट्टाछुट्टै मानव साङ्लो बनाएका थिए। सार्वजनिक भएका सुरुवाती तस्बिर र भिडियोहरूमा बुशेहर ९पारमाणविक केन्द्र०, हमदानको शहिद मोफत्तेह पावर प्लान्ट, कर्मानशाहको बिसोटुन पावर प्लान्ट, सेम्नानका विद्युत् प्रसारण केन्द्रहरू, लोरदेगान र अह्वाजको ह्वाइट ब्रिज जस्ता प्रमुख स्थानहरूमा दर्जनौँको संख्यामा नागरिकहरू, युवा, खेलाडी र स्थानीयहरूले हातमा हात मिलाएर मानव साङ्लो बनाएको देखिएको छ।
ऊर्जा केन्द्र अगाडि प्रदर्शनमा उत्रिएका इरानी । फोटो स् फार्स न्युज एजेन्सी
द गार्जियनका अनुसार, नागरिक पूर्वाधारमा गरिने आक्रमणहरू युद्ध अपराध मानिने कानुनविद्हरू बताउँछन्। मङ्गलबारको हवाई आक्रमण सम्भवतः इरानलाई सम्झौता गर्न दबाब दिने उद्देश्यले गरिएको हुन सक्छ, तर यसको प्रभावले इरानी सत्ताभित्रको दृढतालाई अझ कडा बनाएको देखिन्थ्यो।
इरानी सरकारी टेलिभिजनले युवा तथा किशोरकिशोरी सर्वोच्च परिषद्का सचिवको रूपमा चिनाएका अलिरेजा रहिमीले एउटा समाचार प्रसारणमा भिडियो सन्देश जारी गर्दै देशका ऊर्जा केन्द्रहरू वरिपरि मानव साङ्लो बनाउन युवाहरूलाई आह्वान गरे।
उनले भने, ‘म सबै युवा, खेलाडी, कलाकार, विद्यार्थी र विश्वविद्यालयका विद्यार्थी तथा उनीहरूका प्राध्यापकहरूलाई आमन्त्रण गर्दछु।’
उनले उनीहरूलाई ‘कुनै पनि रुचि वा राजनीतिक दृष्टिकोणको पर्वाह नगरी, इरान र इरानी युवाहरूको भविष्यसँग जोडिएका हाम्रा राष्ट्रिय सम्पत्ति र पुँजीका रूपमा रहेका ऊर्जा केन्द्रहरू वरिपरि मङ्गलबार दिउँसो २ बजे भेला हुन’ आग्रह गरे।
इरानले विगतमा पश्चिमा देशहरूसँग तनाव बढ्दा आफ्ना आणविक केन्द्रहरू वरिपरि पनि मानव साङ्लो बनाएर प्रदर्शन गरेको थियो।
पुलमा प्रदर्शनमा उत्रिएका इरानी । फोटो स् फार्स न्युज एजेन्सी
तेहरानका एक व्यक्तिले आवश्यक परे राजधानीबाट भाग्नका लागि तयारीस्वरूप आफ्नो परिवारले आधारभूत उपभोग्य वस्तुहरू र मोबाइल फोन चार्ज गर्ने उपकरणहरू जम्मा गरेको बताए।
‘यसबाट कुनै राम्रो नतिजा आउने छैन, किनकि स्पष्ट रूपमा अमेरिका र इजरायललाई इरानी जनताको कुनै पर्वाह छैन,’ उनले भने। ‘उनीहरू केवल आफ्नै एजेन्डा पछ्याइरहेका छन्।’
ट्रम्पले सम्झौताको लागि अझै समय रहेको बताए तापनि, मङ्गलबारको बमबारीले इरानी सत्ताभित्र सम्झौताको वकालत गर्नेहरूलाई थप कमजोर बनाएको र कट्टरपन्थीहरूलाई बलियो बनाएको मध्यस्थता गरिरहेका कूटनीतिज्ञहरूले बताए। यद्यपि, मुख्यतया पाकिस्तानमार्फत सन्देशहरू आदानप्रदान गरेर अप्रत्यक्ष वार्ताहरू जारी रहेको उनीहरूले बताए।
अनि युद्धविराम भयो ‘
बीबीसीका अनुसार, इरानीहरूका लागि यो निकै लामो रात रह्यो। डोनाल्ड ट्रम्पको धम्कीपछि अमेरिकाले विद्युत् गृह ९ऊर्जा केन्द्र०, सडक र पुलहरूमा भीषण बमबारी गर्नेछ भन्ने धेरैलाई लागिरहेको थियो।
सबैजना त्यो समयसीमा पर्खिरहेका थिए, जुन तेहरानको समयअनुसार बुधबार बिहान करिब ३स्०० बजे सकिँदै थियो। तेहरानमा राति करिब १स्०० बजे नै युद्धविरामको घोषणा भयो, तर धेरै मानिसहरू त्यसपछि पनि जागै थिए।
अन्तिम समयमा भएको युद्धविरामलाई लिएर मिश्रित प्रतिक्रियाहरू देखिएका छन्।
विद्युत् कटौती हुने डरले विगत केही दिनदेखि मानिसहरू खाद्यान्न, खानेकुरा र मैनबत्ती किनिरहेका थिए, साथै पानी जम्मा गरिरहेका थिए। अब विद्युत् गृहहरूमा आक्रमण हुने छैन भन्ने कुराले उनीहरूलाई केही हदसम्म राहत मिलेको छ।
अर्कोतर्फ, सत्ताको विपक्षमा रहेका धेरै मानिसहरूलाई यस युद्धले जतिसुकै क्षति र भयावहता ल्याए पनि अन्ततः सत्ता परिवर्तनको कारण बन्नेछ भन्ने लागेको थियो । तर त्यस्तो भएन।
अब उनीहरूले यस्तो सत्ताको सामना गर्नुपर्नेछ, जो यस युद्धबाट घाइते भएको छ र जसको अर्थतन्त्र पनि धराशायी भइसकेको छ।
त्यहाँको सत्ता अहिले पहिलेभन्दा बढी आक्रोशित छ र सायद आफ्ना विरोधीहरूप्रति अब ऊ अलिकति पनि उदार हुनेछैन।
एजेन्सीहरूको सहयोगमा





