आजको ब्यबस्था संघिय लोकतान्त्रिक गणतन्त्र जस्मा सामाजिक राजनितिक प्रशासनिक र आर्थिक रुपमा जनतालाई सर्बशक्तिमान बनाउने अर्थात सिंहदरबारको सरकार लाई जनताको घर अाँगनमा पु¥याउने उदेश्यका साथ स्थापना भएको संघिय संरचनामा तत्कालिन मध्यपश्चिमाअञ्चल क्षेत्र र अझ अपेक्षित पारिएको कर्णाली अञ्चल हालको कर्णाली प्रदेश स्थापना गर्न गरिएको संघर्षको कथा हो जाग्राम । त्यो समयमा जुम्लामा भएको आन्दोलनलाई नजिक बाट बुझन चाहनेहरुको लागि यमराज कार्की बैरागि बाबु द्धारा लिखित जाग्राम जुम्ला एक ऐतिहासिक दस्ताबेज हो । कर्णाली स्वायत्त आन्दोलन २०७२ को डायरी उपशिर्षक सहित प्रकाशित यो पुस्तकले आन्दोलनका क्षणहरुलाई प्रत्यक्ष अनुभूति गराउने शैलिमा प्रस्तुत गरेको छ ।
पुस्तक मूलतः डायरी शैलिमा लेखिएको छ , जस्ले यसलाई अन्य बिश्लेषणत्मक कृति भन्दा फरक बनाउँछ । लेखक स्वयम् आन्दोलनको साक्षि र सहभागि भएकाले घटनामा कृत्रिमता देखिदैन । बैठक जुलुस नाराबाजि जनसहभागिता र संघर्षका क्षणहरुलाई उनले दिनप्रतिदिनको अनुभबको रुपमा उतारेका छन । जस्ले पाठकलाई त्यो समयको परिबेशमा पु¥याउँछ । तथापि आन्दोलनको सम्पुर्ण पक्षमा लेखक पुग्न सकेका छैनन् । किनभने यो अनुसन्धान मुलक नभई उहाँ सहभागि भएको नितान्त ब्यक्तिगत उपस्थीति सम्पर्कको डायरी भएकोले पनि सबै पक्षको बिस्तृत योगदान नसमेटिएको हुन सक्छ ।
मैले २००७ साल ,२०४६ को आन्दोलन बारे पढेको र सुनेको थिए । २०५२, २०६२÷६३ को युद्ध आन्दोलन भोगेको र देखेको थिए, भने यो २०७२ को आन्दोलनको युबाहरुको तर्फ बाट अलिकति कहिँकतै प्रत्यक्ष भुमिका पनि थिए तसर्थ पनि यो पुस्तक मेरो रुचिमा पर्ने नै भयो ।
यो आन्दोलन राजनितिक दल सँग आबद्ध युबाहरु र केहि स्वतन्त्र सामाजिक गतिबिधिमा संलग्न युबाहरुको छलफल हिलटप होटलमा चलिरहेको थि यो त्यहिँ बखत यमराज कार्की दाई लाई सम्झी बोलाउने काम भयो दाईको आगमन सँगै त्यहाँ बाट आन्दोलन अगाडि बढेको ईतिहाँसलाई यो डायरी माफर्त ईतिहाँस जिवित बनाउने काम गर्नू भएकोमा लेखक लाई धन्यबाद सहित आभार ब्यक्त गदर्छु । त्यो आन्दोलनको एक पात्रको हैसियतले ।
जाग्रामको अर्थ निराहार भन्ने हुन्छ । कर्णालीका मान्छेले निराहार जाग्राम धेरैपटक बसेका छन चाहे नुन चामलका लागि खाद्यमा जाग्राम, हवाईजहाजमा टिकटका लागि जाग्राम सिटामोलका लागि , पुस्तकका लागि जाग्राम बसेको म भन्दा अघिल्लो पुस्ताले भोगोको थियो त्यस्को बाछिटा अहिले पनि देखिन्छन बेलाबखतमा । २००७ सालको क्रान्ति , पञ्यचायती ब्यबस्था बिरुद्ध, राजतन्त्र बिरुद्ध मेरो हजुरबुवा बुवा पुस्ताले लडेको थियो । जाग्राम जुम्ला यि सबै भन्दा पृथक आन्दोलनको दस्ताबेज हो । यो आफना लागि लडेको आफनो पहिचान सभ्यता र अधिकारका लागि जारी भएको जाग्राम हो । कर्णालीका जनताको आत्मसम्मान , पहिचान र अधिकार प्रतिको संघर्षलाई सशक्त रुपमा उजागर गर्दै आन्दोलनमा लेखकले लेखेको १५ दिने दैनिकि हो ।
यो पुस्तकको राम्रो पक्ष भनेका सानो , कुनै एक ठाउँमा बस्दाबस्दै केहि घण्टामै अध्यन गर्न सक्ने गरि साहित्यीक रसले समेत भरिपुर्ण रहेको छ । जुम्लाको इतिहाँस गितहरुमा , ठट्टाहरुमा आहानहरुमा पाईने गरेको थियो । २००७ सालको क्रान्ति सफल भएको पनि केहि महिना पछि थाहाँ भएको थियो जुम्लामा । २०६२¬÷६३ को आन्दोलनमा समेत जुम्ला १० औँ स्थानमा थियो भन्ने गरिन्छ त्यसको कुनै लिखित दस्ताबेज भेटिदैन त्यस हिसाबले पनि यो पुस्तक संघिय आन्दोलनको लिखित दस्ताबेज हो । युबाहरु कसरी नियन्त्रण बाहिर भए भन्ने बिषयमा गहिराईमा जानु पथ्यो । आन्दोलनलाई पार्टिले कब्जा गरेपछि दलका अधिकाँश युबाहरु पार्टिहरुले गरेको आन्दोलनमा लागेपछि युबाहरुको आन्दोलन अनियन्त्रित भएको हो । पछि पार्टिको आन्दोलन एकातिर युबाको आन्दोलन अर्कातिर भएको थियो । खासगरि एमाले र माओबादिमा भएका युबाहरु र केहि नेताहरु समेत पार्टिहरुले चलाएको आन्दोलन भन्दा पृथक भएर आन्दोलन गरेका थियौ ।
जस्तो आन्दोलन नै शुरु देखि नै दुई समुह द्धारा संचालित भएको थियो । खास गरि एमाले र माओबादिमा , छिनासाँघु पुलमा भएको आन्दोलन , दानसाँघु पुलमा भएको आन्दोलन र उद्योग बाणिज्य संघमा भएको युबाहरुको भेला त्यहिँ भेला बाट निश्केर कार्यालयका बोटहरु निकाल्ने देखि कार्यालय जलाउने सम्मका घटनाहरुमा लेखकले यथ्यस्ट सुचना पाएका छन , ति सुचनालाई अनुसन्धान गरि लेखेको भए अझ राम्रो हुने थियो । आन्दोलनमा एमाले, माओबादी, नेमकिपा लगाएतका दलका युबाहरुको पनि शसक्त भुमिका थियो । त्यहाँ लेखक स्वयं सहभागि हुन नपाएकाले पनि यो पुस्तकमा ति दलका युबाको भुमिका कमै देखिन्छ । आगामि संस्करणमा अबश्य सचिन्ने छ । कर्फु उल्लघन गर्दा एमाले, माओबादिका केहि युबाहरुको मोबाईल खोसिने कुटपिट समेत भएको थियो ।
यस कृतिको बिशेषता यसको सरल तर प्रभाबकारी भाषा हो । स्थानिय परिबेश, बोली र शैलिको चित्रणले पुस्तकलाई थप जीवन्त बनाएको छ । कतिपय स्थानमा लेखकको भाबानात्मक अभिब्यक्ति तीब्र देखिन्छ , जस्ले आन्दोलको पिडा र आक्रोशलाई प्रस्ट रुपमा प्रस्तुत गर्छ ।
इतिहाँसका दृश्टिले पनि यो पुस्तक महत्वपूर्ण मानिन्छ । यो पुस्तकले केवल घटनाहरुको बिबरण मात्र दिदैन, आन्दोलनको मनोबिज्ञान , जनचेतना र सामाजिक परिबेशलाई समेत उजागर गरेको छ । यद्यपि पुस्तक पुर्ण रुपमा डायरीमा आधारीत भएकोले कतिपय स्थानमा बिश्लेषणात्मक गहिराई कम महशुस हुन सक्छ । तर यहिँ शैलि नै यो पुस्तकको शक्ति हो , जसले घटनाहरुलाई प्रत्यक्ष र बिश्वसनिय बनाएको छ ।
समग्रमा जाग्राम जुम्ला कर्णालीको आबाज संघर्ष र चेतनाको प्रतिनिधि कृति हो । यो पुस्तकले पाठकलाई केबल अतित सम्झाउने काम मात्र गर्दैन बर्तमान बुझन पनि झकझकाउँछ । आन्दोलनका घाइते र सहिदको आजभोलि अपमान को ब्यक्ति निकाय बाट भयो भन्ने पनि खोजि गर्न प्रेरित गर्छ । नवयुवालाई बर्तमान बुझन र भबिश्यबारे सोच्न पनि दिशा देखाउँछ । कर्णाली अझ जुम्लाको राजनिति, इतिहाँस र समाजप्रति चासो राख्ने हरेक पाठकका लागि यो कृति पढ्नैपर्ने सुचिमा पर्छ ।






