दोहा,  कतार । प्रवासी नेपाली मञ्च, कतारले कतार भ्रमणमा रहनुभएका अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष धर्मराज गिरि तथा वर्तमान सचिव एवं विदेश विभाग प्रमुख रचना सापकोटासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रवासी नेपाली मञ्च, कतारका सचिव शेषराज तिमिल्सिनाद्वारा जारी सूचनाअनुसार उक्त कार्यक्रम १५ जुलाई २०२६ (बुधबार) बेलुका ७:०० बजे प्लाजा महलस्थित सिलौटो रेस्टुरेन्टमा आयोजना हुनेछ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च, कतारका राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकार समिति, अन्तर्राष्ट्रिय कमिटी, विभागीय सदस्यहरू, मध्यपूर्व कमिटी, नगर कमिटी, जिफन्ट तथा मञ्चसँग आबद्ध सम्पूर्ण कमरेडहरूको सहभागिता रहने जनाइएको छ।

कतार भ्रमणमा रहनुभएका दुवै नेतासँग समसामयिक राजनीतिक विषय, संगठनको भूमिका, प्रवासमा रहेका नेपालीहरूको सहभागिता तथा संगठन सुदृढीकरणलगायत विविध विषयमा अन्तरक्रिया हुने आयोजकले जनाएको छ।

मञ्चका सचिव शेषराज तिमिल्सिनाले कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन मञ्चसँग आबद्ध सम्पूर्ण शुभचिन्तक हरु लाई निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित हुन हार्दिक अनुरोध गरेका छन्।