मुगु । भाम बडा स्पोर्ट्स क्लबको आयोजनामा BHAM BADA GOLD CUP–२०८३ खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले रु. ५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले रु. १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। पुरुषतर्फ टिम दर्ता शुल्क रु. ५ हजार तोकिएको छ।
त्यस्तै, महिलातर्फ प्रथम हुने टिमलाई रु. १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। महिलातर्फ टिम दर्ता शुल्क रु. १ हजार ५ सय तोकिएको छ।
१२ गतेदेखि प्रतियोगिता सञ्चालन
आयोजकका अनुसार प्रतियोगिताका खेलहरू १२ गते बिहान ८ बजेदेखि Rara Boarding मा सञ्चालन हुनेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक पुरुष तथा महिला फुटबल टिमले ११ गते दिउँसो १ बजेसम्म आफ्नो टिम दर्ता गराइसक्नुपर्नेछ।
आयोजक भाम बडा स्पोर्ट्स क्लबले सम्पूर्ण खेलप्रेमी तथा इच्छुक फुटबल टिमहरूलाई समयमै टिम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।
थप जानकारीका लागि सम्पर्क
९७६७८८१५९५, ९७४३३११४२६ र ९७६६६९०७७३ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीको प्रतिभा प्रस्फुटन गराउँदै स्थानीयस्तरमा फुटबल खेलको विकास र प्रवर्द्धनमा योगदान पुर्याउनु रहेको आयोजकको भनाइ छ।






