डोल्पा । डोल्पा जिल्ला , त्रिपुरासुन्दरी नगरपालिका –०७ रावलबाडाका दुई जना गाईगोठमा सुतिरहेको अवस्थामा वर्षासँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् ।

मिति २०८३ ।०६ ।०९ गते राति अन्दाजी २१स्४५ बजे त्रिपुरासुन्दरी नगरपालिका –०७ रावलबाडा बस्ने ३३ वर्षीय मनरुप के।सी। र ३८ वर्षीय चन्द्ररुप के।सी। बगर हरेलखोला स्थित गाईगोठमा सुतिरहेको अवस्थामा वर्षा सँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा मनरुप के।सी। को घटनास्थलमै मृत्यु भएको हो ।
ढुङ्गा लागेर चन्द्ररुप के।सी। को ढाडमा चोट लागेकोमा निजको अवस्था सामान्य रहेको छ । उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोल्पा बाट प्रहरी निरीक्षकको कमाण्डमा क्इऋइ सहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ जिल्लम प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।





