काठमाडौँ । मन्त्रालय र मन्त्रीको सङ्ख्या कटौती गरी प्रशासनिक खर्च घटाउने कदमबाट जनस्तरमा प्रशंसा पाउनु भएका प्रधानमन्त्री बालेन्द्र शाह बालेन को निजी तथा सल्लाहकार सचिवालय भने २५ सदस्यीय जम्बो टाेलि रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रधानमन्त्रीका सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी एवं कर्मचारीहरूको नाम, जिम्मेवारी र उनीहरूले पाउने सेवा सुविधाको तह खुलाएर आधिकारिक विवरण सार्वजनिक गरेको हो ।
मुख्य आकर्षण र विशेषताहरू
दुई जना अवैतनिक सल्लाहकार २४ जनाको सूचीमध्ये मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र स्वास्थ्य सल्लाहकार प्रा डा जगदीशप्रसाद अग्रवालले मन्त्रीसरहको मर्यादा पाए पनि सेवा सुविधा नलिने अवैतनिक उल्लेख छ ।
मन्त्री र राज्यमन्त्री सरहको टोली सल्लाहकार असिम शाहलाई मन्त्रीसरह तथा सुदीप ढकाल र विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सेवा सुविधा तोकिएको छ ।
कर्मचारी र दर्जाको वर्गीकरण प्रमुख स्वकीय सचिव सुवास शर्मालाई सचिव सरह विशिष्ट श्रेणी को सुविधा दिइएको छ भने अन्य सदस्यहरूलाई सहसचिव, उपसचिव, शाखा अधिकृत र नायब सुब्बासरहको तहमा विभाजन गरिएको छ ।
सल्लाहकार, विज्ञ तथा सचिवालयको सम्पूर्ण विवरण
१ कुमार ब्यञ्जनकार मुख्य सल्लाहकार मन्त्रीसरह अवैतनिक
२ असिम शाह राजनीतिक सल्लाहकार मन्त्रीसरह
३ प्रा डा जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकार मन्त्रीसरह अवैतनिक
४ सुदिप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार राज्यमन्त्रीसरह
५ विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार राज्यमन्त्रीसरह
६ सुवास शर्मा प्रमुख स्वकीय सचिव विशिष्ट श्रेणी सचिवसरह
७ नवीन भण्डारी स्वकीय सचिव प्रथम श्रेणी सहसचिवसरह
८ सञ्जिब पाण्डे स्वकीय सहसचिव विकास परियोजना प्रथम श्रेणी सहसचिवसरह
९ दीपा दाहाल प्रेस तथा अनुसन्धान विज्ञ प्रथम श्रेणी सहसचिवसरह
१० सन्तोष गिरी कार्यक्रम तथा भ्रमण संयोजक प्रथम श्रेणी सहसचिवसरह
११ विश्व राई सामाजिक विकास विज्ञ प्रथम श्रेणी सहसचिवसरह
१२ प्रकृति ढकाल स्वकीय उपसचिव द्वितीय श्रेणी उपसचिवसरह
१३ विशाल अधिकारी स्वकीय उपसचिव द्वितीय श्रेणी उपसचिवसरह
१४ विनय शाक्य स्वकीय उपसचिव द्वितीय श्रेणी उपसचिवसरह
१५ सुमन गौतम सहायक विज्ञ नागरिक उड्डयन द्वितीय श्रेणी उपसचिवसरह
१६ रविकिरण अधिकारी सहायक विज्ञ भाषा तथा मस्यौदा द्वितीय श्रेणी उपसचिवसरह
१७ सुरेन्द्र बजगाईँ प्रेस सहजकर्ता तृतीय श्रेणी शाखा अधिकृतसरह
१८ रोशन तामाङ ग्राफिक्स डिजाइनर तृतीय श्रेणी शाखा अधिकृतसरह
१९ बेदानन्द जोशी अनुसन्धान अधिकृत तृतीय श्रेणी शाखा अधिकृतसरह
२० हेम नारायणदास चौधरी अनुसन्धान अधिकृत तृतीय श्रेणी शाखा अधिकृतसरह
२१ अनुप थापामगर प्रशासन सहायक अनङ्कित प्रथम श्रेणी नायब सुब्बासरह
२२ ऋषि थापा प्रशासन सहायक अनङ्कित प्रथम श्रेणी नायब सुब्बासरह
२३ राजकुमार गौतम प्रशासन सहायक अनङ्कित प्रथम श्रेणी नायब सुब्बासरह
२४ बेनिस कार्की प्रशासन सहायक अनङ्कित प्रथम श्रेणी नायब सुब्बासरह
२५ अमृत पाण्डे कम्प्युटर सहायक र भिडियोग्राफर अनङ्कित प्रथम श्रेणी नायब सुब्बासरह
प्रधानमन्त्रीको सचिवालयमा प्रेस, अनुसन्धान, भाषा, नागरिक उड्डयन, प्रविधि र प्रशासनिक कार्यका लागि छुट्टाछुट्टै विज्ञ र जनशक्ति राखिएको छ । सरकारी निकायमा यसरी सबैको नाम र दर्जा पारदर्शी रूपमा सार्वजनिक गरिनु सकारात्मक मानिए तापनि, प्रशासनिक चुस्तताको नारा दिने सरकारमा २५ जनाको भोटलो टोली रहनुबारे चौतर्फी टीकाटिप्पणी सुरु भएको छ ।





