मुगु । नेपाल कम्युनिस्ट पार्टीले मुगु जिल्ला संयोजकको जिम्मेवारी छायानाथ रारा नगरपालिका–७ निवासी बलराम शाहानि लाई दिएको छ।
पार्टीमा लामो समयदेखि महत्वपूर्ण भूमिका र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका शाहानिलाई पार्टीले जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।

नयाँ जिम्मेवारी प्राप्त गरेसँगै शाहानिले आफू निकै खुसी भएको बताउनुभएको छ।
जिल्ला संयोजकको जिम्मेवारीलाई आफूले महत्वपूर्ण अवसर र चुनौतीका रूपमा लिएको बताउँदै शाहानिले पार्टीलाई थप मजबुत बनाउँदै मुगुको समग्र विकास र समृद्धिका लागि निरन्तर प्रतिबद्ध भएर काम गर्ने जानकारी दिनुभएको छ।
शाहानिका प्राथमिकता
पार्टी संगठनलाई थप मजबुत बनाउने
कार्यकर्ताबीच एकता र समन्वय कायम गर्ने
मुगुको समग्र विकास र समृद्धिमा जोड दिने
जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्ने
जिल्लाको विकासका लागि निरन्तर पहल गर्ने
नयाँ जिम्मेवारीसँगै शाहानि ले पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार जिल्लामा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।





