एउटा आन्दोलनकारी मनुवाको अस्तव्यस्त जिन्दगी स्वाभाविकै हुन्छ । क्रान्तिको क्षतिपूर्ति कहिल्यै हुँदैन । न पछुतो न कसैसँग गुनासो । असल छोरा, असल पति, असल बाउ, असल अभिवावक ऊ बन्नै सक्दैन । वासना, लालसा, महत्त्वाकाङ्क्षा सबैमा हुन्छ । तर, मान्छेमा नपाइने र मानवमा हुने तत्त्व भनेको ऊ कसैको खेलौना र ज्यावल नबन्नका कारण नै स्वाभिमान, गरिमा र संवेदनाले भरिएको हुन्छ । प्रेम, विचार र सिद्धान्त मानव जीवनपद्धति बन्छन् । व्यवसायको रूपमा कहिल्यै राजनीति, क्रान्ति र परिवर्तनलाई बुझेको र स्वीकारेकै हुँदैन । क्रूर इतिहासले केही तिम्रो भनाइलाई अहिले भने आंशिक सत्य साबित गरिदियो । यसलाई इतिहासको बीभत्सकाल भन्न सक्छ्यौ । तर, इतिहासबाट नसिक्नेलाई इतिहासले नै दण्ड दिने सन्तान भने जन्माउँछ । हो, पक्कै हो । जो मरेर गए, तिनीहरूले केही देख्नै पाएनन् । म बाँचेको छु तब न के के देख्न पाएँ । हिजोलाई गम्दै आजका वृत्तान्त लेख्न थालेको छु । त्यस्तो मान्छेले हुस्सुदण्ड तिर्नैपर्ने हुन्छ, जसले विज्ञानको नियम थाहा पाउँदापाउँदै पनि निमको रुखमा सुन्तला फल्छ भन्ने मिथ्या विश्वास गर्ने गर्छ ।
जति मानिस धनाढ्य र शक्तिशाली हुँदै जान्छ, त्यति नै अन्धविश्वासी र रूढिवादी पनि हुने रहेछ । त्यो यति डरपोक हुँदोरहेछ कि आफ्नै छायादेखि डराउने, चार किल्लामा पनि सुरक्षित नदेखेर ईश्वरको भाकल गर्ने । भोलि के होला भनेर ज्योतिषको पाउ पक्रिने । पाउनेको तीव्र लालसा र गुम्नेको डरले आश र त्रासमा विवेक बन्धकी राख्ने । अझ कुण्ठाग्रसित प्रतिक्रियाले सक्रिय हुँदा समस्यालाई बेवास्ता गर्ने मात्र होइन, मानवीय त्रासदीलाई मनोरञ्जन पनि मान्दोरहेछ । त्यसैलाई सैद्धान्तीकरण गर्न पुग्दोरहेछ । यही त होला, बीभत्सताको सौन्दर्यकरण । म त भन्छु, सुजुकी तिमीले समय र अवस्थाको चयन ठिक ढङ्गले गर्न सकेकी रहेनछौ । तिमीसँग ज्ञान र सूचना कति छन्, कति लालित्यपूर्ण छन्, भन्न सक्छ्यौ मुख्य कुरा हो, तिमी त्यस ज्ञान र सूचनालाई प्रयोग गर्ने उचित स्थान र समय चयन गर्न कति सक्छ्यौ भन्ने । सूचनाको खानी त गुगल लगायत अनेकौं इन्टरनेट सर्च इन्जिन पनि छँदै छन् नि ।
हो, तिमीले दिएको चोटको निलडाम सुम्सुम्याउँदै किन नहिँडौँ, तर प्यारी। मेरो सम्मान गर्ने अधिकार भने नलुटिदेऊ, भलै तिमी विमित्र किन नबन ।
वान वे ट्राफिकिङ त होला नि, होइन र तिमीले दिएका जति पीडा भए पनि विमित्रताका गीत गाउन कतै मिडियामा गइनँ । ख्याल गर, बन्धकी रखिएको दिमागले न कसैले आफैंलाई न्याय गर्न सक्छ न त सिर्जनात्मक क्षमता नै राख्छ । केही मान्छेहरू जाडो भयो भने आफ्नै घर पोलेर आगो ताप्ने गर्छन् । घरबार विहीन भएपछि सलाइको काँटीले आगो लगायो भनेर मुर्मुरिन्छन् । आखिर हतियारको के दोष चलाउनेले जसरी चलायो, त्यसैगरी चल्ने न हो । तिमी(हामीले चिनेजानेका र सङ्गत गरेकालाई नियाल त, मान्छे भूमिकामै देखिनुपरेपछि सर्वाङ्ग हुँदोरहेछ । वसन्तमा काग कोइली बनेझैँ । प्रिय सुजुकी, शिखर चुम्न सजिलो, ओर्लन भने औधी कठिन । नायक खलनायकमा फेरिने । नायकको चुनौती भनेकै नायकत्वको रक्षा गर्न हो। जर, जोरु र जमिनको लोभले उसको पतनपथ सहज बनिदिन्छ । शक्तिको भोकले आदर्श पनि बिर्सिदिन सक्छन् । खलनायक बनेका पूर्वनायकको गनाएको लास काँधमा हालेर कोही हिँड्छ भने ऊ गनाउने मात्र होइन, उसले पनि कालान्तरमा कुहिने नियति नै बेहोर्छ ।
ओहो । एउटा प्रेमिल चखेवाको जोडी पनि छुट्टिन सक्दोरहेछ १ मान्छे कसरी आफ्नै सपनाको मलामी बन्छ र खुसी बेचेर सुखको खोजीमा भौंतारिन्छ । किन आदर्शलाई पोलिखाँदै डमडम्ती भुँडी हल्लाएर हिँड्न लजाउँदैन रु फेर्नगएका स्वयम् फेरिएका कसरी पत्तै पाउँदैनन् कसरी आदर्श र स्वाभिमान अहङ्कारमा बदलेर मानवबाट खाना र मैथुनका लागि बाँच्ने अनि बच्चा कोरल्ने मान्छेमा फेरिन्छ बिदा प्रिय सुजुकी, बिर्सने छैन ती अँगालोमा गर्माएका क्षणहरू । तर, तिमी जतिसुकै उज्यालोदेखि तर्से पनि भोलि त सूर्यको उदय अवश्य हुन्छ र हुनेछ ।
सुजुकी, तिम्रो पछिल्लो पत्रको मेरो जवाफ भावनामा होइन, तितो सत्य बोलेको मात्र हुँ । कार्य, कारण र परिणामलाई सामाजिक गतिसँग भिडाएर अध्ययन र आग्रहहीन मनन गरेमा बुझ्न सहयोग मिल्ला । चुनावको सँघारमा लेखिएकाले भावना, सांस्कृतिक, सामाजिक र ऐतिहासक पाटापक्षलाई छोएको हुने छैन । मात्र राजनीतिक पत्र हनेछ । यहाँ कनै पार्टीको कुरा होइन ।

पुस्तक बकपत्र जीबन दर्शन र सङघर्ष
लेखक नरेन्द्र जग पिटर
यसै पुस्तकबाट साभार





