मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल मुगु जिल्लामा आयोजना भइरहेको छ। प्रतियोगितामा विभिन्न १० जिल्लाका पुरुष खेलाडीहरूको सहभागिता रहेको छ।

कार्यक्रममा छायानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ईश्वर्य मल्ल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ। प्रतियोगिताको आयोजना तथा व्यवस्थापनमा मुगु जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जिल्लासिंह भाम लगायतको सक्रिय सहभागिता रहेको छ।
कार्यक्रममा मुगु र हुम्ला जिल्लाका खेलकुद संयोजकहरू समेत उपस्थित हुनुभएको छ। त्यस्तै मुगु जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय सरोकारवालाहरूको पनि उपस्थिति रहेको छ।





