जुम्ला । जुम्लाकाे उमघाट देखि सिंजा जोड्ने सडक खण्ड सुख्खाका कारण अवरुद्ध अवरुद्ध भएको छ । बिहिबार करिब दिउँसो करिब २ बजे अचानक सुक्खा पहिरो खस्दा चन्दननाथ नगरपालिका वडा नम्बर ८ काे धुपिढुस्का नजिककाे सडक अवरुद्घ भएको हाे ।

पहिराेका कारणले आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । सडक अवरुद्घ हुदा जाँतिभिड, काेटीला नागरिक लाई आवतजावतमा समस्या भएको स्थानीय सरीता खड्काले जानकारी दिइन् ।
उनका अनुसार, सडक अवरुद्ध हुदा साे सडकमा आवतजावत गर्ने सवारी साधन, गाईबस्तु र मानिस लाई समेत मुस्लिम भएको बताइन् ।
पहिरोका कारणले कुनै मानविकी क्षेति भनेकाे नभएको र आवतजावतमा मात्र समस्या भएकाे स्थानीय नागरिकले गुनासमे गरेका छन् ।





