जुम्ला । सोसेक नेपाल, जुम्लाले आफ्नो २८औं स्थापना दिवसलाई विशेष बनाउँदै यस वर्ष समाजिक चेतना अभिवृद्धिका लागि बालविवाह विरुद्धको र्याली र हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।

जुम्ला बसपार्कदेखि चन्दननाथ नगरपर्यन्त बालविवाह नगराैं भन्ने संदेशसहितको र्यालीमा जनप्रतिनिधि, प्रहरी, विद्यार्थी, महिला समूह तथा बाल क्लबका सदस्यहरूको उत्साहजनक सहभागिता देखियो । सोसेकले यसअघि पनि स्थापना दिवसका अवसरमा शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र बालअधिकारजस्ता विषयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यस वर्षको कार्यक्रममा बालविवाह विरुद्धको हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको थियो । सोसेक नेपालकी मनोविमर्श परामर्शकर्ता सरिता खड्काका अनुसार, बालविवाह अझै पनि समाजमा ठूलो चुनौती बनेको छ । उनले भनिन्, “हामीले अब बालविवाहलाई पूर्ण रूपमा अन्त्य गर्न सबै क्षेत्रले जिम्मेवारीपूर्वक अघि बढ्न आवश्यक रहेकाे बताइन् ।
यस्तै चन्दननाथ नगरपालिका नगरप्रमुख राजुसिँह कठायतले हाल लागु ओैषधले निकै गहिराे जरा हालेकाे बताए । उनका अनुसार, बिशेष गरि साेसेक नेपालले लागुओैषध र बाल बिवाह लाई केन्द्रित गरेर बिधालय स्तरमा गएर जनचेतनामूलक कार्यक्रम गरिदिन समेत अपिल गरेका छन्।
उपप्रमुख रामदेवि खड्काले साेसेक नेपालले सुमुदाय स्तरमा गहेर बिपन्न बाल बालिकाहरु लाई शैक्षिक सामाग्रीहरु बितरण गर्नुका साथै विभिन्न कार्यक्रम गरेकाे देख्दा खुसि लागेेकाे बताइन् ।





