जुम्ला । चन्दननाथ नगरपालिका –३ द्वारा आयोजित पुरुष फुटबल प्रतियोगितामा शुक्रबार रोमाञ्चक चार क्वाटरफाइनल खेल सम्पन्न भएका छन् । ती खेलहरूका साथ अब सेमिफाइनलमा भिड्ने चार उत्कृष्ट टिम सार्वजनिक भएका छन् ।

आज भएको क्वाटरफाइनलकाे पहिलो खेलमा फोईकालिका एफसीले शानदार प्रदर्शन गर्दै विहानी यूवा क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलको सिट सुनिश्चित गरेकाे हाे । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा फोईकालिकाले लगातार दुई गोल गर्दै जित पक्का गरेको हो।
यस्तै दोस्रो खेलमा चन्दननाथ नगरपालिका –३ ले लेकाली यूवा क्लब (ए) लाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे छ । खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
आजै सम्पन्न तेस्रो खेलमा जनसेवा यूवा क्लब (बी) ले एनडब्लु डिसी विरुद्ध १–० गोलको जित निकाल्दै सहजै सेमिफाइनल प्रवेश गरेकाे छ ।
यस्तै अन्तिम क्वाटरफाइनलमा घोगेसिम यूवा क्लबले मिलन यूवा क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा खेल १–१ गोल बराबरीमा टुंगिए पछि खेल पेनाल्टीमा गएकाे थियाे ।
यस्तै भाेली शनिबार भने, सेमिफाइनलका दुई खेल हुने आयाेजककाे खेल संयतेजक राज बहादुर खत्रीले जानकारी दिए । उनले भने, भाेली शनिबार पहिलो खेल चन्दननाथ–३ र फोईकालिका एफसी बिच हुने छ ।
यस्तै दोस्रो खेल जनसेवा यूवा क्लब (बी) र घोगेसिम यूवा क्लब बिच हुने संयोजक खत्रीले जानकारी दिए । अनुसार सेमिफाइनल खेल बिहान ११ बजेबाट सुरु हुने छन्। प्रतियोगितामा कुल ४४ टिम सहभागी भएका थिए ।





