जुम्ला । जुम्ला जिल्ला अन्तर्गतका हिमा, सिजा र कनका सुन्दरी गाउँपालिका भित्रका आधारभूत र माध्यमिक विद्यालयका १२७१ विद्यार्थीले शैक्षिक सामग्री प्राप्त गरेका छन । यो कार्यक्रम प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, किडाक नेपालको समन्वय र स्थानीय गाउँपालिकाको सहजीकरणमा सञ्चालन गरिएको हो ।

विद्यार्थीहरूले प्राप्त गरेका सामग्रीमा बिद्यालय पोशाक झोला, कापी, कलम ज्यामेती बक्स लगायतका आधारभूत शैक्षिक सामग्री समावेश छन । विद्यार्थी, अभिभावक र शिक्षकहरूले यस पहललाई अत्यन्तै स्वागत गर्नुका साथै पढाइमा उत्साह बढाउने विश्वास व्यक्त गरेका छन ।
मुख्य तथ्यहरू:
सहभागी विद्यार्थी: १२७१ जना
हिमा गाउँ पालिकाका ४८५ जना
सिजा गाउँ पालिकाका ४०७ जना
कनका सुन्दरी गाउँ पालिकाका ३७९ जना
प्रति विद्यार्थी वितरण रकम : रु ३,२११.५५ ।
कुल वितरण रकम : रु ४०,८१८८०.०५ ।
यस कार्यक्रम प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग , स्थानीय साझेदार किडाक नेपालको समन्वय तथा स्थानीय गाउँपालिकाको सहजीकरणमा सम्पन्न भएको छ ।
यो कार्यक्रमको मुख्य उदेश्य ,दुर्गम भेगका बालबालिकालाई पढाइमा सहजता, सिकाइमा निरन्तरता, र शिक्षा पहुँच सशक्तिकरण होस भन्ने रहेको छ ।
विद्यालयका प्रधानाध्यापकहरुले भने, “शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार हो , त्यो अधिकार प्राप्तिमा यस प्रकारको गतिविधिले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दछ । साथै यस्ता सहयोगी पहलले विद्यालयको अध्ययन वातावरणलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउँछ ।”
“प्लान इन्टरनेशनल नेपालको सहयोगमा जुम्लाका विद्यालयहरूमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन। भविष्यमा पनि यसलाई जारी राख्ने योजना रहेको
किडाक नेपालका प्रतिनिधि दिपक शाहीले जानकारी गराएका छन ।” साथै अब घरघरमा पढाई कुना रहनेछ भन्ने बिश्वास पनि लिएका छौ जस्ले विद्यार्थीको पठनपाठन था दैनिक शैक्षिक गतिविधिमा समेत सहज हुनेछ ।
उता विद्यार्थीहरूले पनि पाएको सामग्री प्रति खुशी व्यक्त गर्दै, प्रत्येक बालबालिकाले पढाइ कुना बनाउने प्रतिबद्धता जाहेर गरेका छन ।
अझ उत्साहका साथ अध्ययन गर्ने जनाएका छन । यस किसिमका पहलहरूले दुर्गम क्षेत्रका बालबालिका लाई शिक्षा पहुँचमा सशक्त बनाउने र दीर्घकालीन शैक्षिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ ।






