हुम्ला । कर्णाली करिडोरअन्तर्गत पर्ने ज्ञाने ओढार क्षेत्रबाट ठूलो ढुंगा चर्किएर खस्दा सडक आवागमन पूर्ण रूपमा बन्द भएको छ। सर्केगाड गाउँपालिका–१ मा पर्ने उक्त स्थानमा आइतबार दिउँसो करिब १:२० बजेको समयमा ढुंगा खसेपछि करिडोर अवरुद्ध भएको हो ।

अस्थायी प्रहरी पोष्ट तुम्चाका प्रहरी सहायक निरीक्षक जंगबहादुर थापाका अनुसार ढुंगा ठूलो परिमाणमा खसेका कारण सडक खुलेर यातायात सञ्चालन हुने सम्भावना तत्काल देखिँदैन। ढुंगा हटाउन अत्यन्त कठिनाइ भएको र जोखिम पनि उच्च रहेको प्रहरीले जनाएको छ ।
सडक अबरुद्ध भएपछि हुम्ला–सुर्खेत, हुम्ला–नेपालगन्ज तथा नेपालगन्ज–हुम्ला सबै मार्गमा यातायात सेवा ठप्प भएको छ ।
प्रहरीका अनुसार वैकल्पिक मार्ग पनि उपलब्ध नरहेकाले यात्रुहरू बीचै बाटोमा रोकिएका छन ।
तस्बिर अनलाइन खबर





