जुम्ला । हिमाली चिसो मौसम, कठोर भौगोलिक बनावट र स्वास्थ्य केन्द्रित पर्यटकहरूका लागि अब जुम्लामै आधुनिक साउना र स्टिम बाथको सुविधा उपलब्ध भएको छ ।

होटेल रोयल कर्णाली प्यारेडाइज इन प्रा.लि. ले सोमबार देखि औपचारिक रूपमा सेवा सुरु गर्दै कर्णालीको पर्यटन क्षेत्रमा नयाँ युगको सुरुवात गरेको घोषणा गरेको हो ।
होटल संचालक जुनी शाह महतका अनुसार जुम्लामा स्वास्थ्य पर्यटनको सम्भावना निकै उच्च रहेको छ। यतिबेला जुम्लामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दो छ।
यहाँको मौसम र वातावरण स्वास्थ्य अनुकूल भएकाले अत्याधुनिक साउना स्टिम सेवा निकै उपयोगी हुने विश्वासका साथ हामीले यो सुविधा उपलब्ध गराएका हाै ।
उनका अनुसार साउना र स्टिम बाथले शरीरलाई पुनर्जीवन प्रदान गर्ने, मानसिक तनाव कम गर्ने, रक्त सञ्चार सुधार गर्ने र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो सेवा स्थानीय बासिन्दा तथा पाहुनाका लागि वरदान सावित हुने बताइन् ।
रोयल कर्णालीले सफाइ, स्वास्थ्य सुरक्षा, तापक्रम व्यवस्थापनदेखि लिएर अनुशासित सेवा प्रवाहसम्मका मापदण्डलाई उच्च प्राथमिकता दिएको बताइएको छ।
पर्यटकीय सेवा स्तर उकास्ने उद्देश्यसहित यसलाई व्यावसायिक, सुरक्षित र सहज बनाइएको होटलको दाबी छ ।
जुम्लामा यसअघि कुनै पनि होटलस्तरमा यस्ता आधुनिक सुविधा उपलब्ध नभएको पृष्ठभूमिमा यो पहलले स्थानीय हिल स्टेसनको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ।
विशेषगरी स्वास्थ्य पर्यटन, वेलनेस ट्राभल र विश्राम खोज्ने पर्यटकका लागि अब जुम्ला हेल्थ फ्रेन्ड्ली गन्तव्यका रूपमा स्थापित हुने संकेत देखिएको छ।
नयाँ सेवालाएको उत्साह सहित सुरु भएको साउना स्टिम बाथ केन्द्रले जुम्लाको आतिथ्य क्षेत्रलाई बलियो बनाउनुका साथै प्रदेशमा नयाँ प्रकारको पर्यटन अवधारणा स्थापित गर्ने विश्वास होटलले व्यक्त गरेको छ।





