जुम्ला । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम आज मंगलबार जुम्ला आउने भएकी छन् । मन्त्री गौतम हाल नेपालगन्ज विमानस्थल बाट जुम्ला प्रस्थान गर्ने तयारीमा रहेको जनाइएको छ ।

जुम्ला भ्रमणका क्रममा मन्त्री गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरू सँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । साथै, चेरेचौरमा निर्माणाधीन भवनको निरीक्षण गर्ने लगायतका कार्यक्रम पनि रहेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।
यसै बीच, प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार मन्त्री गौतमले जिल्लाका सुरक्षा निकाय सँग छलफल गर्ने कार्यतालिका पनि रहेको छ । उनका अनुसार मन्त्री गौतम भोलि जुम्ला बाट मुगु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।





