काठमाडौँ । त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने चौथो लुम्बिनी अन्ताराष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन्।

लुम्बिनी मन्दिरको प्रांगणमा शनिवार भएको पुरुष म्याराथन ९४२।१९५ किलोमिटर० मा विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी च्याम्पियन भएका हुन्। नेपाल ओलम्पिक कमिटी एनओसी को आयोजनामा भएको प्रतियोगितामा विनोद दुई घण्टा १७ मिनेट ५५ सेकेण्ड ९२।१७।५५ घण्टा समय निकाल्दै पहिलो भए ।
हाफ म्याराथन ९२१ किलोमिटर० महिलातर्फ पूर्णलक्ष्मीले एक घण्टा १७ मिनेट १० सेकेन्ड ९१।१७।१० घण्टामा दूरी पूरा गर्दै उपाधि जितिन् । उनले १३ औं दक्षिण एशियाली खेलकुद ९साग०मा स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई हराउँदै च्याम्पियन भएकी हुन्।
४२ किलोमिटर म्याराथनमा आर्मीकै खेलाडीले वर्चस्व जमाए। आर्मीका सुशीलकुमार शाही र नरेन्द्रसिंह राउत क्रमशः दोस्रो र तेस्रो भए। सुशीलकुमार २।१८।१६ घण्टा र नरेन्द्रसिंहले २।१९।५८ घण्टा समय दगाए। चीनका वाङ ची ९२।२१।०५ घण्टा० चौथो, केन्याका जुलियस वाकोमे ९२।२३।०० घण्टा० पाँचौँ, दलबहादुर कुँवर ९२।२४।०७ घण्टा० छैटौं, इशाह नुन्गु ९२।२५।४२ घण्टा० सातौं, कुलबहादुर बस्नेत ९२।२८।१७ घण्टा० आठौं, हरि रिमाल ९२।२९।२० घण्टा० नवौं र कर्णबहादुर रोकामगर ९२।३४।२० घण्टा० दशौं स्थानमा रहे।
हाफ म्याराथन महिलामा सन्तोषी श्रेष्ठ एक घण्टा १८ मिनेट ४० सेकेण्ड ९१।१८।४० घण्टा० सहित दोस्रो स्थानमा सीमित भइन्। उनी यसअघि दोस्रो र तेस्रो संस्करणकी च्याम्पियन हुन्। निशा १।१९।१९ घण्टाका साथ तेस्रो भइन्।
महिलातर्फ सुनसरी रोकाया १।२१।४६ घण्टा सहित चौथो, चीनकी रुवान शेइङ १।२२।३८ घण्टा सहित पाँचौं तथा कल्पना बुढा १।२५।०७ घण्टासहित छैटौं स्थानमा रहिन्।
पुरुष म्याराथनमा विजेता विनोदले तीन लाख ५० हजार, दोस्रो भएका सुशीलले दुई लाख ५० हजार र तेस्रो नरेन्द्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाए। हाफ म्याराथनमा शीर्ष १० स्थानमा रहने धावकले क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपैयाँ पाए।
भेट्रान्स पाँच किमी दौडमा धर्म महर्जन पहिलो भए। रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए। पुरुष पाँच किलोमिटर खुला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रूपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए। पाँच किलोमिटर दौड गर्ल्समा दीपशीखा शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शीर्ष तीन स्थानमा रहे।
पाँच किलोमटर ब्वाइजमा युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्दकुमार यादवले तेस्रो स्थान प्राप्त गरे। म्याराथनकै अवसरमा तीन किलोमिटर वाकाथन पनि आयोजना भयो। पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनियाँ राजदूतावासको सहयोगमा भएको हो।
विजेतालाई नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी पिस म्याराथनका संयोजक अशोक वज्राचार्यलगायतले नगद पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगितामा भारत, चीन र केन्याका खेलाडी सहभागी थिए। शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त म्याराथनले खेलकुदमार्फत अन्ताष्ट्रियस्तरमा नेपालको पहिचान प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ।





