काठमाडौँ । नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबार लगायतका घटना सत्य तथ्य बाहिर ल्याउने काममा ढिलाइ गर्न नहुने बताएकी छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी उनले सो घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ रु भनी सरकारलाई प्रश्न समेत गरिन् । नवयुवाहरूलाई गलत ढङ्गले परिचालन गर्ने सिंहदरबार लगायतका ठाउँहरूलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उनले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुपर्ने बताइन् । सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताइन् ।
उनले भनिन्, ‘भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो रु अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो त, त्यसको जिम्मा कसले लिने हो रु २३ गतेको घटनाको बारेमा केही प्रतिवेदनहरू आए । २४ गते खण्डहर भएका सिंहदरबार, जलेका सिंहदरबारका कुराहरू राज्यका विरुद्ध जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर मान्छेलाई कसले पठाएको हो रु यसको उत्तर कसले खोज्ने हो रु आज सिंहदरबार जलाउन हुन्छ, यसो गर्दा केही हुन्न भन्ने भाष्य कसले खडा गरिदिएको हो । र नवयुवाहरूलाई यस ढङ्गले कसले प्रयोग ग¥यो रु यसको जवाफ आज होइन, भोलि वा कुनै दिन यही सम्मानित राष्ट्रिय सभाले खोज्नेछ ।’
उनले थप भनिन्– ‘कार्पेट मुनि धुलो राखेर सब ठिकठाक छ भनेर जाने कुरा मान्य छैन । भदौ २३ को घटना शान्तिपूर्ण थियो भन्ने आधारमा सिंहदरबार जे खण्डहर बन्यो । यो इतिहासमा के भएको थियो । त्यसको निष्पक्ष छानबिन कहिले हुन्छ ’
सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढ्न नसकिने पनि बताइन्





