जुम्ला । मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०८२/८३ काे साउन देखि फागुन सम्म १ कराेड ८६ लाख ७२ हजार १ सय ७२ रूपैयाँ ६० पैशा राजस्व संकलन गरेकाे छ । कार्यालयले विभिन्न शिर्षक बाट साे रकम राजस्व संकलन गरेकाे हाे ।

कार्यालय प्रमुख माेहन बहादुर बिष्टका अनुसार, पुजिगत लाभकर तर्फ ५७ लाख ३४ हजार ५ सय ३६ रूपैयाँ संकलन गरेकाे बताए । यस्तै विविध तर्फ ३ लाख १३ हजार ८ सय ५९ रूपैयाँ संकलन भएको कार्यालय प्रमुख बिष्टले जानकारी दिए ।
कार्यालयले जग्गा राजीनामा, अंशबन्डा, अंशबुझाएकाे भर्पाइ, हालैकाे बकसपत्र, धिताेबन्धक, पासपारिक लिखत गरि ६७८ वटा काम भएका छन् भने नामसारी ६२ रहेकाे बिष्टकाे भनाइ छ ।
यस्तै संशोधन दाखिला खारेज, जग्गाधनी प्रमाणपत्रकाे प्रतिलिपी, माेडकायम, घर कायम, व्यक्तिको नामथर ठेगाना २६३ रहेका छन् ।
यस्तै कार्यालय प्रमुख बिष्टका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा २ कराेड ३६ लाख ४८ हजार ४ सय ७१ रूपैया ६४ पैशा राजस्व संकलन भएको बताए ।
रजिष्टेसन तर्फ १ कराेड ४२ लाख ३६ हजार १ सय ११ रूपैयाँ ३४ पैशा, लाभकर तर्फ ८४ लाख २९ हजार ९ सय ४१ रूपैयाँ ३० पैशा, विविध तर्फ ९ लाख ८२ हजार ४ सय १९ रूपैयाँ गरि २ कराेड ३६ लाख ४८ हजार ४ सय ७१ रूपैया ६४ पैशा राजस्व संकलन भएको बताए ।
कार्यालयमा हाल सम्म मालपोत अधिकृत, कम्प्युटर अपरेटर पद रिक्त रहेका छन् । अहिले खरिदार ४ जना, सुब्बा ३ जना, कम्प्युटर अपरेटर १ जना, सहायक लेखापाल १ र कार्यालय सहयात्री ४ जना गरि १४ जनाकाे दरबन्दी रहेकाे कार्यालयले जनाएको छ । पर्याप्त जनशक्ति नहुदा दैनिकी कामकाजमा समस्य रहेकाे छ ।





