आर्य समाजमा धर्मको नाउमा कर्मकाण्डको प्रचलन बढ्दै जाँदा इ सा पु ६०० वाट लगातार धर्म आन्दोलन सुरु भएको पाइन्छ। हुन त इ सा पु ६०० पछि विश्वमा धर्म जागरणको वाढी नै आएको देखिन्छ । आर्य समाज भारत वर्षमा जैन धर्मको तर्फबाट महावीर, लोकायत धर्मको जागरण केश कम्वली , बौद्ध धर्मको जागरण सिदार्थ गौतमको अभिनय चलेको देखिन्छ भने युनानवाट पाइथागोरस चिनमा कन्फ्युसियस र माओत्से इरानबाट जरध्रुष्ट युनान वाट युनानमा र जुडियावाट जेरेमियाले गरी समकालीन आन्दोलन चलाएको देखिन्छ । अझै पछि जेरुसेलमवाट जिसस अरब जगतबाट मोहम्मद हजरतले धारको जागरण चलाएका थिए । इ सा पु ६०० देखि ५०० को समय एक धर्म आन्दोलनको समय रहेको पाइन्छ ।
ठिक यही समयमा हाल नेपालको तराइ भागमा रहेको एक देश थियो । जस्लाइ कपिलवस्तु नामले प्रचलित रहेको थियो। ८० ग्रामको संघिय व्यवस्था कायम रहेको यो देशले राजा तथा पिता शुद्धोधनको माता माहामायावाट सिद्धार्थ गौतमको जन्म भयो । यीनलाइ शाक्य सिह,शाक्य मुनि , एसियाका ज्योति, महावैध्य, तथागत उपनामले परिचित हुनु भएका सिद्धार्थ गौतमको जन्म इ सा पु ५६३ मा भएको थियो। २९ वर्षको उमेरमा गृह त्याग गरी ज्ञानको खोजिमा निस्केर ३५ वर्षको उमेरमा निरजना नदिको किनार उरुवेलम भन्ने ठाउमा सिद्दि प्राप्त गरी आर्य धर्मका नामले धर्म प्रचार गर्नु भएको थियो । ४५ वर्ष सम्म धर्म प्रचार गरी ८० वर्षको उमेरमा सारनाथमा वैशाख पुर्णिमाको दिन यो संसार परित्याग गर्नु भएको थियो। संयोग पनि यस्तो रहेको देखिन्छ जन्म ,ज्ञान प्राप्ति र मृत्यु समेत वैशाख पूर्णिमाको दिन परेको देखिन्छ।

सिदार्थ गौतमले धर्मको मुल कुरा चार आर्य सत्य मानेको देखिन्छ। त्यी चार आर्य सत्य मध्ये यस प्रकार रहेका छन्।
१दुख बुद्ध:- भनाइ थियो कि जन्म नै दुखको कारण हो । मृत्यु पनि एक दुख हो । प्रिय विछोड अप्रिय मिलन पनि दुख हो । सम्पुर्ण सामाजिक बन्धन पनि दुख हुन ।
२ दुखको कारण:- नै कर्म हो । कर्मको कारण दुख उत्पन्न हुन्छ। अज्ञानता दुख हो ।
३ दुख निरोध :- दुखका कारण निर्मुल गर्नु दुख निरोध हो ।
४ दुख निरोध अर्थात दुख निर्मुल गर्ने ज्ञान आवश्यक हुन्छ। यसको लागि ३ मार्ग चाहिन्छ १ शिल २ समाधि ३ प्रज्ञा जुन आजकल साधक विपश्यना साधना गरिरहेका छन्।
१ शिल भित्र पनि सम्यक दृष्टि,समम्यक संकल्प र सम्यक वाणी पर्दछन् ।
२ समाधि भित्र पनि सम्यक कर्मान्त, सम्यक आजिव रहेका छन् भने
३ समाधि भित्र पनि सम्यक व्यायम, सम्यक स्मृति र सम्यक् समाधि गरी अष्टाङ्ग रहेका छन्।
बौद्द धर्मको दश सिल रहेका छन्। त्यी हुन
१अहिसा, २सत्य वचन ३ असत्य ४ ब्रह्मचर्य ५ नशा त्याग ६ मध्यान्न भोजन त्याग ७ माला धारण त्याग ८ नृत्य संगित त्याग ९ जोहरत त्याग १०नरम शैया त्याग ।
बौद्द धर्मको मुल मर्म यही रहदै विभिन्न समयमा धर्म सम्मेलन अर्थात संगति भएका देखिन्छन्। त्यी धर्म संगतिमा बौद्द धर्मको छलफल र विचार विमर्श हुने र धार्मिक पुस्तक लेख्ने काम गरिदै आएको देखिन्छ। परापुर्वकालका बौद्द संगति यस प्रकार रहेका देखिन्छन्।
१ प्रथम बौद्द संगति;- यो संगति ४८३ इ पु मा राजगृह सप्तपर्णी गुफामा मगदका राजा आजातशत्रुको संरक्षकत्वमा महाकश्यपको अध्यक्षतामा भएको थियो। यो संगतिमा ५००अथिति उपस्थिति रहेको भनिएको छ।
२द्वितिय संगति,: यो संगति इ स पु ३८३मा बुद्दको मृत्युको
१०० वर्षको अन्तरालमा वैशालीको वालुकराममा आयोजना गरिएको थियो। यो संगति ८ महिना सम्म चलेको भनिएको छ। यो संगतिको संरक्षक कालाशोक र अध्यक्ष सावकमिर रहेको भनिएको छ।
३ तेस्रो संगति: यो सम्मेलन इ सा पु २४७मा पटनाको अशोकाराम सभागृहमा भएको थियो। यो संगतिको संरक्षक सम्राट यो सम्मेलनवाट बौद्द धर्म विभाजन हुन गइ हिनयान र महायान हुन गयो।
४ चतुर्थ :-यो संगति सताब्दी प्रथम इ मा राजा कनिष्कको संरक्षकत्वमा वासुमित्रको अध्यक्षतामा सम्पन्न भएको थियो। यो सम्मेलन केहि दुखद प्रकृतिको हुन गयो किनकि यो संगतिले बौद्द धर्मको विभाजन गरायो। यो संगति वाट वौद्द धर्मले दुइ हागा वनायो।
१, हिनयान र २ महायान
यो सम्मेलनबाट बौद्द धर्म दुइ भाग बन्यो भने पाली भाषा हटाएर संस्कृत भाषा अपनाइयो वौद्द धर्मले सिदार्थ गौतमको व्यक्तित्व पनि विभाजित बनायो। पछिल्लो चरणमा महायान मा पनि विभाजन हुदै शुन्यवाद , योगचारा बज्रयान सम्म बन्न गए । बज्रयान छैटौ सताब्दीमा कन्नौजमा भएको पाँचौं सम्मेलनबाट बज्रयान सम्प्रदायले स्थान पायो जुन खश देश चिन र काठमाडौं सम्म पुग्यो ।
त्यो समयमा नेपालका राजा अँशुवर्मामा पनि पर्न गयो । र आफ्नि छोरी भृकुटीको विवाह तिब्बतका राजा सरड्चड्गमपोसग गरेर बुद्द धर्म प्रचार गर्न केहि ब्राहमण पनि तिब्बतमा पठाएका थिए। भने राजा अशोकले बौद्द धर्म युनान देखि इन्डोनेसिया चिन सम्म फैलाउन सफल भए । एक प्रकारले राजा अशोक धार्मिक चक्रवर्ती राजा हुन । यीनले ८४ हजार स्तुप वनाएको र त्यी मध्ये दुइ वटा नेपालमा रहेको भन्ने इतिहास पाइन्छ। त्यी मध्ये एक त कपिलवस्तुमा पाइन्छ भने अर्को कता छ थाहा हुन सकेको छैन।





