जुम्ला । सरकारले सरकारी कर्मचारीको मासिक तलबमा करिब २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ तलबमान आगामी साउन १ गते देखि लागू गरि घाेषणा गरेका हुन् ।

सरकारको नयाँ निर्णय सँगै कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक ४० हजार रुपैयाँ पुगेको छ भने उच्च तहका कर्मचारीले एक लाख रुपैयाँ सम्म तलब पाउने भएका छन् ।
बढ्दो महँगी, जीवनयापन खर्च तथा कर्मचारीको मनोबल उच्च राख्ने उद्देश्यले तलब वृद्धि गरिएको सरकारले जनाएको छ । सरकारी कर्मचारीको तलब वृद्धि भएसँगै राष्ट्रसेवक कर्मचारीमा उत्साह थपिने अपेक्षा गरिएको छ ।
लामो समयदेखि तलब पुनरावलोकनको माग उठ्दै आएको अवस्थामा सरकारले नयाँ बजेटमार्फत कर्मचारीलाई राहत दिने प्रयास गरेको हो ।
यद्यपि, तलब वृद्धि भएसँगै राज्यको प्रशासनिक खर्च पनि बढ्ने देखिएको छ ।





