जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध (चरेस) सम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार असार २५ गते बिहान करिब १०:१० बजे चन्दननाथ नगरपालिका–१ भाडखोलीस्थित जुम्ला डिल्लीचौर सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका कनकासुन्दरी गाउँपालिका १ का २१ वर्षीय गणेश भण्डारीलाई चेकजाँच गर्दा उनको साथबाट ५५० मि ग्राम चरेस बरामद गरिएको थियो ।
सोही घटनाको अनुसन्धानका क्रममा पातारासी गाउँपालिका–२ का २५ वर्षीय रमकृष्ण बोहोरासँग सम्बन्ध खुलेपछि प्रहरीले उनको घरमा खानतलासी गरेको थियो। घरमा रहेको पसलको टेबलको दराजबाट थप ९६० मि ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ।
यसरी दुवै जनाबाट जम्मा १ ग्राम ४१० मि ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध (चरेस) सम्बन्धी कसुरमा जिल्ला अदालत जुम्लाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







