जुम्ला । जुम्लामा चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका अनुसार साउन र भदौ महिनासम्म ३२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
कार्यालय प्रमुख टङ्क प्रसाद न्यौपानेका अनुसार चालू आर्थिक वर्ष सुरु भएयता उद्योग दर्ता, नवीकरण, खारेजी तथा वाणिज्यतर्फका फर्म दर्ता र नवीकरणको काम नियमित रूपमा भइरहेको छ ।
नयाँ उद्योग दर्तासँगै सञ्चालनमा रहेका उद्योग तथा व्यवसायलाई कानुनी रूपमा निरन्तरता दिन नवीकरण गर्नेको संख्या पनि उल्लेख्य रहेको जानकारी दिए ।
कार्यालयको तथ्यांक अनुसार साउन र भदौ महिनामा गरी ३२ वटा उद्योग दर्ता भएका छन्। त्यस्तै साझेदारी तर्फ २ वटा फर्म दर्ता भएका छन् । साउन महिनामा १ वटा र भदौ महिनामा १ वटा साझेदारी फर्म दर्ता भएको कार्यालयले जनाएको छ।
उद्योग नवीकरण तर्फ साउन महिनामा ६१ वटा र भदौ महिनामा ४९ वटा गरी जम्मा ११० वटा उद्योग नवीकरण भएका छन् ।
उद्योग सञ्चालन नगर्ने वा विभिन्न कारणले व्यवसाय बन्द गर्न चाहने सेवाग्राहीबाट खारेजीका लागि समेत निवेदन परेको कार्यालयको तथ्यांकले देखाएको छ ।
साउन महिनामा ३ वटा र भदौ महिनामा २ वटा गरी जम्मा ५ वटा उद्योग खारेज भएका छन्।यसैगरी, कार्यालयमा वाणिज्यतर्फका फर्म तथा व्यवसाय दर्ता र नवीकरणको काम पनि भएको छ।
साउन महिनामा ११ वटा वाणिज्य फर्म दर्ता भएका छन् भने ९ वटा फर्म नवीकरण भएका छन्न यसैगरी भदौ महिनामा भने ६ वटा वाणिज्य फर्म दर्ता र ५ वटा नवीकरण भएका छन् ।
भदौ महिनामै वाणिज्यतर्फ एउटा फर्मको नामसारी समेत भएको कार्यालय प्रमुख न्यौपानेले बताए ।
चालू आर्थिक वर्षको सुरुवाती दुई महिनाको तथ्यांक हेर्दा जुम्लामा नयाँ उद्योग दर्तादेखि सञ्चालनमा रहेका उद्योग तथा वाणिज्य फर्मको नवीकरणसम्मको गतिविधि निरन्तर रहेको देखिन्छ।
विशेषगरी उद्योगतर्फ ११० वटा नवीकरण हुनु र नयाँ उद्योगसमेत दर्ता हुनुले जिल्लामा उद्योग तथा व्यवसायसम्बन्धी प्रशासनिक गतिविधि सक्रिय रहेको कार्यालयको तथ्यांकबाट देखिएको छ।
जुम्लामा उद्योग दर्ता गर्नेकाे संख्या उल्लेख्य वृद्धि : चालू आ.व मा ३२ वटा नयाँ उद्योग दर्ता
जुम्लामा उद्योग दर्ता गर्नेकाे संख्या उल्लेख्य वृद्धि : चालू आ.व मा ३२ वटा नयाँ उद्योग दर्ता

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




