मुगु । कर्णाली प्रदेश सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मुगु जिल्लामा खेलाडी छनोट, प्रशिक्षण तथा व्यवस्थापनको तयारीलाई तीव्रता दिइएको छ।
मुगु जिल्ला खेलकुद कार्यालयका कार्यालय प्रमुख सिंह भामले जिल्लाबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको तयारी तथा आवश्यक व्यवस्थापनका विषयमा सम्बन्धित पक्षसँग छलफल गर्दै तयारी अघि बढाएका छन्।
प्रतियोगिताका लागि विभिन्न खेल विधामा खेलाडी छनोट, नियमित प्रशिक्षण, प्रशिक्षकको व्यवस्थापन तथा आवश्यक सामग्री र समन्वयलाई प्राथमिकतामा राखिएको छ।
कार्यालय प्रमुख सिंह भामको भनाइअनुसार, मुगुबाट सहभागी हुने खेलाडीलाई राम्रो तयारीको अवसर उपलब्ध गराउँदै कर्णाली प्रदेशको प्रतिनिधित्व प्रभावकारी बनाउने उद्देश्य रहेको छ।






