जुम्ला । दुई वर्ष देखि थला परेको राष्ट्रिय मानव अधिकार आयोगको जुम्ला शाखा अब जागृत भएको छ। जुम्लाका राजनितीक दल, सराेकारवाला निकाया, सञ्चारकर्मी र आम जुम्लीबासीकाे सक्रियतामा पुर्न कार्यालय जुम्ला रहन जागृत भएकाे हाे ।

नवप्रमुख कल्पना नेपाल आचार्यले पदभार ग्रहण गर्दै सबै नागरिकका लागि मानव अधिकारको प्रत्याभूति गराउने अठोट सार्वजनिक गरेकी छन् ।
उनको आगमनसँगै जिल्लामा न्याय, पहुँच र संरक्षणको नयाँ आशा पलाएको छ। बालविवाह, घरेलु हिंसा, यौनजन्य हिंसा, अपांगता र वृद्ध नागरिकका सवालमा सक्रिय हस्तक्षेप र शीघ्र अनुसन्धान गर्ने तयारी उनको प्राथमिकतामा छ।
“दुर्गमता चुनौती हो, बहुविध सहकार्य समाधान,” आचार्यको भनाइले जुम्लामा मानव अधिकार प्रति सक्रिय र उत्तरदायी शासन स्थापना हुने संकेत दिएको छ।
स्थानीय सरकार देखि पीडित सम्म सहकार्यको नयाँ अध्याय सुरु हुनेछ, भन्ने विश्वास सहित जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यले नयाँ प्रमुखलाई स्वागत गर्दै गुणात्मक परिवर्तनको आशा व्यक्त गरे। जुम्लामा अब मानव अधिकारका मुद्दा शब्दमा होइन, कार्यमा देखिने जुम्लीबासीले आसा गरेका छन् ।





