जुम्ला । जुम्लामा चट्याङ पर्दा एक जनाकाे मृत्युु भएको भएकाे छ भने दुई जना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ काे छाेटाखर्क पाटन एनसिएलकाे टावर नजिक आज साँझ अचानक चट्याङ पर्दा एक जनाकाे मृत्युु भएको हाे ।

मृत्यु हुनेमा हिमा गाउँपालिका २ ओदीका वर्ष १८ का रबिन्द्र रावत रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायब उपरीक्षक ( डिएसपी ) चिरञ्जीवी दाहालले जानकारी दिए ।
उनका अनुसार, प्रारम्भिक जानकारी अनुसार एक जनाकाे घटनास्थलमै मृत्यु भएको र दुई जना सामान्य घाइते भएको बताए। घाइते हुनेमा हिमा २ कै २० वर्षका बल बहादुर राेकाया र ३५ वर्षका जगत राेकाया सामान्य घाइते भएको बताए । कति भेडा मेरे भन्ने बारे एकिन हुन बाँकी रहेकाे प्रहरीकाे भनाइ छ ।
उनले भने, घटनास्थल तर्फ प्रहरी परिचालन गरिएकाे दिगो पोष्टलाई जानकारी दिए । आज मात्र चट्याङका कारणले चन्दननाथ नगरपालिका १० मा पनि किसानका १२ भेडा मारेकाे थियाे ।



