सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी चार मन्त्रीले आफ्नो पदबाट सामूहिक रूपमा राजीनामा दिएका छन्।

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा रहेका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामासँगै उनीहरूले सरकारलाई नेपाली कांग्रेसको समर्थन भने यथावत रहने जानकारी गराएका छन्।
राजीनामा दिएका मन्त्रीहरू आज बिहान बोलाइएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिएनन्।
कांग्रेस स्रोतका अनुसार बजेट पारित भएपछि सरकारबाट बाहिरिने विषयमा यसअघि भएको राजनीतिक सहमतिअनुसार नै मन्त्रीहरूले पद त्याग गरेको बताइएको छ।
यस घटनासँगै कर्णाली प्रदेश सरकारको आगामी मन्त्रिपरिषद् पुनर्गठन र सत्ता समीकरणबारे राजनीतिक चासो बढेको छ।





