जुम्ला । अविरल वर्षाका कारण घर भत्किएको छ । असोज ८ गते देखि परेको लगातार वर्षाका कारण चन्दननाथ नगरपालिका ८ का हरि चन्द्र सुनारको घर भत्किएको हाे ।

घरको संरचना कमजोर भए पछि घर भत्किएको स्थानीयकाे भनाइ छ । घर भत्किए पछि सुनारको परिवार प्रभावित बनेको छ। घर तथा घर भित्र रहेका केही सामग्रीमा समेत क्षति पुगेको जनाइएको स्थानीयले जानकारी दिएका छन् ।
वर्षा निरन्तर परिरहे पछि घरमा क्षति पुगेको र अन्य सम्पत्ति समेत प्रभावित भएको जनाइएको छ । प्रारम्भिक विवरण अनुसार घर तथा अन्य सम्पत्तिमा गरी करिब ४ देखि ५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।
घर भत्किदा मानवीय क्षति भने नभएको स्थानीयकाे भनाइ छ । घटना बाट भएको भौतिक क्षतिको थप विवरण संकलन भइरहेको जनाइएको छ ।
वर्षाका कारण घरमा क्षति पुगे पछि परिवारलाई सुरक्षित बसोबासका लागि समस्या भएको छ।





