हिन्दु समाज वैदिक मान्यतामा संचालित समाज हो । राज्यका निकाय वैदिक कालमा जुन तरिकाले निर्माण भएका थिए त्यहि तरिका मध्यकालीन समाजले अंगिकार गरेको पाइन्छ । वैदिक कालमा राज्यका निकाय यस्ता थिए ।
१ कुल
२ ग्राम
३ विश
४ जन
५ राष्ट
१) कुल- कुल भनेको परिवार हो । कुलको प्रमुख कुलपति हुन्छ। कुलको जिम्मेवारी पिताको हुन्छ। पिता नभए जेठो दाजुको हुन्छ जुन हाल सम्म कुल परम्परा कायम छ । तर दुखको कुरा कुल सत्ता ध्वस्त पार्न हाल पश्चिममा डिजाइनमा परिवार विखण्डन पार्ने कानुन आएकाले कुल प्रमुख कमजोर हुदै गएका छन्।
२) ग्राम- कुलहरुको समुह हुन्छ त्यो समुहलाइ ग्राम भनिन्छ। अर्थात गाँउ भनिन्छ। गाँउको प्रमुख ग्रामपति अर्थात मुखिया हुन्थे तर जग्गा पुन नापी पछि ग्रामपति सकियो र वैदिक परम्परा नष्ट भयो।
३) वीस- ग्रामहरुको समुहलाई विश भनिन्छ जुन पछिल्लो कालखण्डमा पनि विभिन्न ठाउलाइ विशले चिनिन्छ जस्तो १४ वीस , आठ वीस , नौ वीस १२ वीस यो परम्परा कतै कतै सम्वोधन हुने गरेको छ तर निकाय वीसवाट दरामा परिणत हदै पछि क्षेत्रमा रुपान्तरण भएको थिए । अव गाउँपालिका आएपछि त्यो पनि सकियो ।
४) जन वा दुर्ग – जुन वीसहरुको समुहलाइ जन भनियो। मध्यकालमा मण्डल पनि भनियो । मण्डलाबाट किल्ला हुदै गए ।
त्यहि मण्डल अन्तर्गत हो सोरा मण्डल । जुन हाल पिथौरागड जिल्ला भारतमा परेको छ भने सोराड मण्डल अन्तर्गतको लिपुलेक कालापानीको कुरा नेपालि समाज तातिएको छ ।
सिजा खश राज्यको अन्तिम किल्ला गान्धार र लद्दाख थियो । राजा अशोक चल्लको समय देखि अनेक मण्डल मध्ये एक प्रमुख मण्डलको रुपमा रहेको थियो सोरा मण्डल । जुन हाल नेपाल चिन भारतको नजिक रहेको छ। पिथौरागडलाइ सोरा उपत्यका अर्थात solar vally पनि भनिन्छ ।

सिजा खश राजा क्राचल्लको समयमा निय विभिन्न मण्डलहरुमा मण्डलिक नियुक्त गर्ने क्रममा सोराड मण्डलमा जाहाडदेवलाइ मण्डलिक नियुक्ति गरिएको थियो। सोरा मण्डल अन्तर्गत साना साना राजाहरु नियुक्त गरिएका थिए त्यी टाकुरे राज्यहरुमा अस्कोट, रामगाड, डोमकोट, थिए । तिनलाई खश ठकुराइहरु भनिन्थ्यो। जुन हाल कालापानी लिपुलेक यही सोरा मण्डल अन्तर्गत रही सिजा खश राज्यले कर असुल गरेको थियो ।
सोराड मण्डलमा नियुक्त भएका मण्डलिकहरु नामवली हेर्ने हो भने यस प्रकार रहेका छन् ।
१ जाहाडदेव
२ कडाकिल
३ काकिल
४ चनरी
५ हल्का
६ अरकी
७ सहमति
८ विजय वम रहेको पाइन्छ ।
(ख ) सिरा मण्डल – सोरा मण्डल पछि जोडिएको अर्को मण्डल हो सिरा मंण्डल । यो मण्डलमा पनि सिजा खश साम्राज्यको तर्फबाट राजा अशोक चल्लको शासन कालमा मण्डलीकमा पुरोषतम थिए भने त्यसपछि
१अनिलादित्य राउत
२ भिषम राउत
३ भक्ति राउत
यी रोगहरुको शासन काल १२२३ देखि १२७९ सम्म कायम रह्यो । त्यसपछि १२७९ देखि
४ धिर मल्ल
५ जगति मल्ल
६ भुपति मल्ल
७ भारती मल्ल
८दात मल्ल
९आनन्द मल
१०राज मल्ल
११ कल्याण मल्ल
१२जुखाड मल्ल
१३ अजुन मल्ल सम्मले मण्डलिक भइ खश सिजा राज्यलाइ सहयोग गरेका देखिन्छन् ।
(ग) डोटी मण्डल- मण्डल अन्तर्गत इतरी देवरा, गडी,चरैल,डंडेल,तिलारी,वैतडी,मटियाला,कराला,राजकोट, सिलगढी र तालकोट रहेको थियो।
(घ )भोट मण्डल -भोट मण्डल अन्तर्गत दार्मा , व्याँस , चेदाशा रहेको थियो ।
यस्तै प्रकारले अनेक मण्डल रहेका थिए । जम्मा जम्मी ठकुराइ र मण्डल गरी सवा लाख राजाको महाराजा सिजा खश साम्राज्य थियो ।
सिंजा खश राज्यवाट विखण्डन
विभिन्न समयमा स्थानीय ठकुराइ वाट हुने गरेको स्वतन्त्रताको विद्रोह नियन्त्रण गर्न समस्या एकातिर थियो भने अर्को तर्फ बाहिरिया आक्रमणको पनि सामाना गर्न सिजा राज्यमा अर्को ठुलो चुनौती रहेको थियो। पुर्वको नेपाल हालको काठमाडौंलाई पटक पटक नियन्त्रण गर्न परेको थियो जस्मा खश सिजाले ७ पटक काठमाडौंमा पुगेर विद्रोह दबाउन परेको थियो भने डोटीको पनि विद्रोह कम थिएन ।
बाहिरिया आक्रमणको सामना
खश सिजा राज्यले पुरा मानस खण्डको अधिन लिएको त थियो नै त्यो भन्दा पनि पश्चिम गान्धार र लद्दाख सम्म सिमा कायम गर्न सफल भएको थियो तर आन्तरिक विद्रोह र बाहिरिया आक्रमणले थेक्न नसकि सिजा राज्य विखण्डित हुन गइ वि स १४१४ वाट डोटी देखि पश्चिम राज्य स्वतन्त्र हुन गए । डोटि र त्यो भन्दा पश्चिम राज्य स्वतन्त्र हुनमा निम्न बाहिरिया आक्रमणले पनि ठुलो भुमिका खेल्यो ।
१) सन १३२७ मा सुल्तान इलतुतनिशले उच्च हिमालको भुभाग मानस खण्डमा गरेको आक्रमण। यो आक्रमण वाट धेरै धन लुटिएको थियो।
२) सन १३५० मा सुल्तान नासिरुद्दिनको नायव वालवानले आक्रमण। यो आक्रमणले मानस खण्डका नर नारीहरुले नदीमा हामफालेर ज्यान गुमाएका थिए भने धनको हिसाव रहेन ।
३) १३३८ मा मोहम्मद तुग्लगवाट भएको काराचल अभियानले मुख्य सिजा राज्य लाइ धक्का दिन भुमिका खेलेको पाइन्छ।
यी सबै युद्व लडेको सिजा राज्यले पटक पटक हुने ठकुराइ विद्रोह भारतमा बड्दो मुस्लिम शक्ति र पटक पटक जाने गरेको भुकम्पको सामाना गर्न आदी कारणहरूले सिजा राज्यले सिरा, सोरा लगायतका मण्डलहरु स्वतन्त्र हुनवाट रोक्न दबाउन सकेन त्यहि सिलसिलामा डोटी कुमाउ गढवाल र नेपालका गण्डकी देखि काठमाडौं सम्मका मण्डल स्थानिय कोटे राजाहरु स्वतन्त्र हुन गए । त्यहि सिलसिलामा हालको पुथौरागड अन्तर्गत रहेको सोरा मण्डल डोटी राज्यको अधिनमा रहन गयो। जस अन्तर्गत लिपुलेक कालापानि पनि हो ।
डोटीले सोरा मण्डलको लागि गरेको संघर्ष।
डोटी राज्य सिजा राज्यबाट स्वतन्त्र हुन गएपछि सोरा र सिरा मण्डल डोटीको भागमा पर्ने गयो। सन १४२० मा सोराड मण्डल माथि भारती चन्दका भाइ धान्य चन्दले आक्रमण गरे पनि डोटीले दमन गरेर नियन्त्रण लिन सफल भयो। त्यसपछि पनि पटक पटक युद्व भएको थियो तर भारती चन्द असफल हुन गइ भारती चन्द र डोटीका राजा हरीमल शहीका विच सन्धी हुन गयो र सोरा मण्डल डोटीले पाउने गरी भारती चन्द संग हरीमल शाहीकी छोरी विवाह गराइदिएर पारिवारिक सम्बन्ध कायम रहन गयाे । यसरी सोरा मण्डल अन्तर्गत रहेको कालापानी लिपुलेक नेपालको अभिन्न भाग कायम रहन गएको थियो।
गोरखा शासन काल ।।
यो समयमा पनि नेपालको सिमाना टिस्टा देखि कागडा सम्म रहेपनि व्रिटिसहरुसंग भएको युद्वमा
नेपालले केहि भग गुमाए पनि ब्रिटिस र नेपाल विचमा भएको सुगौली सन्धि पछि नेपालको पश्चिम सिमाना काली नदी कायम हुन गयो जस्मा लिपुलेक कालापानी नेपाल भित्र पर्न गयो भनिन्छ। बि स २००७ सालको परिवर्तन पछि कार्यकारी अधिकार राजनितिक दलको हातमा गएपछि २०१६ साल सम्ममा भारतले नेपालको उत्तरी भेगमा २४ वटा चेक पोष्ट खडा गरी आफ्ना सेना राखेको थियो तर २०१७ सालमा राजा महेन्द्रले कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि त्यी भारतीय चेक पोष्ट हटाएका भए पनि लिपुलेक कालापानी तिरको चेक पोष्टलाइ भारतले चिनसँग भएको १९६२ को युद्धलाइ देखाउदै केहि समयको लागि सेना राख्न दिन गरेको अनुरोध बमोजिम त्यो चेक पोष्ट उठन नसकि वसेको अवस्थामा पछिल्लो समयमा भारतले लिपुलेक कालापानी आफ्नो दावी गर्दै सेना हटाएको थिएन । भने नेपालले कालापानी लिपुलेक वारेमा लामो समय देखि विरोध नागरिक स्तरबाट भए पनि राज्यको तर्फबाट नेपालको नक्सा सम्म वनाएको भए पनि भुमी फिर्ता भएको थिएन । तर हालै चिन र भारतले नेपाललाइ वास्ता नगरी चिन भारत जोड्न सडक निर्माण गर्ने संझौता हुनुले भारतले त्यो भुमी आफ्नो भएको अन्तराष्ट्रिय स्तरमा देखायो। यस्ले गर्दा त्यो भुमी मध्ये काल देखि अर्थात १९९१ देखि नेपालको रहेकोमा अव भारतले नै लिन पाउने हो त ?





