रारा यात्राको अनपेक्षित रात ( श्रृङखला १ )

बिहानको पहिलो किरणले जुम्लाको डिङ्ग्रा गाउँ सुनौलो बनाइसकेको थियो। आकाश सफा भए पनि पर्वतका टाकुराहरूमा रातको चिस्यान अझै बाँकी थियो हुस्सुले गाउँ लाई छपक्कै छोपेको थियो । हामी बिहानै उठेर काम सुरु गर्न लागि सकेका थियौ । यो बेला बिहानकी ठ्याक्कै सात बजेको थियो । साथी देब र बैकुण्ठ पनि आफ्ना–आफ्ना काममा व्यस्त देखिन्थे । आजको उद्देश्य थियो , दिनको मध्य सम्म डिङ्ग्राको काम सकाएर मुगु तर्फ लाग्ने ।
सोही अनुसार चार घण्टाको कडा मेहनतपछि अन्तिम चरणमा पुगेका थियौँ । त्यत्तिकैमा बाटो छेउमा ब्रेकको चर्को आवाज सुनियो । हामीले नजर फर्कायौँ हरियो रङको बस, झरीमा भिजे जस्तो चम्किलो । मैले हातले रोक्ने इशारा गरे खलासीले खिड़कीबाट टाउको निकाल्दै करायो, “मुगु जाने हो ? मैले भने हो, भने छिटो गर्नु !” मेरा साथीहरू पनि छन एक छिन रोक्नुहुन्छ नि दश पन्ध्र मिनेट ? हुन्छ तर छिटो गर्नु भन्ने जबाफ फर्काए ।
त्यस क्षण यात्राको सुरुवातले जस्तै रोमाञ्चकता छायो । साथी देबलाई तुरुन्त फोन गरे , “ए, छिटो तयारी गर, १५ मिनेटमै गाउँबाट तल आउनु पर्छ।” हत्तपत्त होटलको हिसाब किताब मिलाउँदै मैले झोला कुममा हालेँ । बाटोमा उभिएका यात्रुहरू अधैर्य देखिन्थे ।
कसैलाई घरमा बच्चा पर्खिरहेको छ, कसैलाई बुढा बुढीको ख्याल छ, सबैको मुखमा एउटै कुरा छ “छिटो गर ” हामी पुग्यौ बसमा हाम्रो यात्रा शुरु भयो , बसमा किचाकिच थियो हामी उभिएर गएका थियौ , एक जना झरे पछि मैले क्याबिन सिटमा बस्ने पाए ।
बसको क्याबिन सिटमा पुगेपछि देखेको दृश्यले मन अत्तालियो। कनका सुन्दरी गाउँ पालिकाको मालिकाबोता नजिकै, हिलोमा एउटा युवा पल्टिरहेको थियो श्वासप्रश्वास नदेखिने गरि । खलासी सहित केही यात्रु दौडिएर उनलाई उठाउन लागे । मेरो मनमा अघिल्ला यात्राका अनुभवहरू जागे मैले भने “पहिले बुझ्नुस्, प्रहरीलाई खबर गर्नुहोस्, नत्र समस्या आउन सक्छ,” त्यहाँ नजिक पुगेपछि ठूलो स्वरले कराए यात्रुहरु त्यसको केही बेरमै युवाले हल्का आँखा खोले ।
माटोले मरेको जस्तै देखिएको ऊ त अत्यधिक मदिराले बेहाल भएको रहेछ । हामीले सुरक्षित किनारामा राखेर मात्र बस अघि बढायौँ । भुलभुले पुग्दा दिउँसोको घाम पश्चिम तर्फ ढलि सकेको थियो ।
देबसँग मैले त्यहाँको सम्भावित होटल व्यवसाय, पर्यटकीय सम्भावना र स्थानीयहरूको जीवनशैली बारे लामो कुरा गरें । गाउँको प्राकृतिक सौन्दर्य र पर्यटनको भविष्य बारे कुरा गर्दा थकाइको बोझ नै हराए जस्तो लाग्थ्यो ।
रारा राष्ट्रिय निकुञ्जको प्रवेश द्वार नजिक सैनिक चेकपोस्ट । जाँच सकिँदै गर्दा चौरभरि फैलिएको भेडाको बथानले दृश्यलाई अद्भुत बनाएको थियो । फोटो खिच्न खोज्दा सैनिकले भने, “यहाँ क्यामेरा निषेधित छ ।” मैले मुस्कान सहित मोबाइल गोजीमा राखें ।
साँझ पर्ना साथ छायानाथ रारा नगरपालिका मुगुको पिना गाउँमा हामी ओर्लियौँ । भाडा तिर्ने बेला खलासीले भनेको कुरा अझै कानमा गुञ्जिरहेछ । मैले भाडा सोधे खलासीले बताए केही रकम ! मैले भने यो त सदरमुकाम सम्मको होइन भने फेरि उनले भने “जहाँसम्म जानु, पैसा उही हो ।”
हासो उठ्यो हामी छुटियौ । तर साँझको अन्धकार सँगै हाम्रो चिन्ता बढ्यो । होटल देखिन्न, झरी परिरहेको छ । कहाँ जाने कस्को मा बस्ने ! नजिकैको प्रहरी चेकपोस्टमा गयौ , प्रहरी चेकपोस्टको सहयोगले “कुलाल होटल”को नाममा राहत मिल्यो। बोर्डमा लेखिएको नाम देख्दा मनमा हल्का संकोच उब्जियो कसलाई के भनूँला ? तर यात्राले यस्ता संकोचलाई धेरै पहिले नै हराइसकेको रहेछ ।
होटलमा पुगेर झोला राख्दा साँझको चिसो अझ गहिरिँदै थियो । घरधनी दिदीले बनाएको तातो चियाले मन तात्यो । साथीहरूसँग हाँसो–ठट्टामा समय बिताइरहँदा राति साढे ११ बजे तिर अचानक दिदीको फोन बज्यो । उता तर्सिएको महिला आवाज “छिटो आउनु, मर्न लागेकी छु।”
दिदीले केही बुझ्दा थाहा भयो एक महिला बाटोमै, उज्यालो बिना, प्रसव पीडामा थिइन् । घरको एक दाइ हतारिँदै निस्किए । केही क्षणमै अर्को फोन आयो, “सुत्केरी भइसकिन्, छोरा जन्मियो । कपडा र तातो पानी चाहिन्छ





