जुम्ला । जुम्लामा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि भिडन्तका लागि आयाेजक चन्दननाथ ३ र जनसेवा युवा क्लब ( बि ) आमुनेसामुने हुने भएका छन् ।

आज भएको सेमिफाइनल खेल बाट जित हासिल गर्दै दुबै टिम
आयोजक चन्दननाथ–३ र बलियो दाबेदार जनसेवा युवा क्लब (बी) आमनेसामने हुने भएका हुन् । खेल भाेली दिउँसो १२ बजे नेपाली सेनाकाे खेल मैदान टुडिखेलमा सुरू हुने भएको छ ।
आज शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा चन्दननाथ–३ ले रोमाञ्चक भिडन्तमा फोईकालिका एफसी लाई १–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
खेलको दोस्रो हाफमा चन्दननाथ–३ का जर्सी नम्बर १५ ले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका थिए । फोईकालिकाका जर्सी नम्बर ७७ ले उत्कृष्ट प्रदर्शन गरे पनि टोलीलाई जोगाउन सकेनन् ।
यस्तै दोस्रो सेमिफाइनलमा जनसेवा युवा क्लब (बी) ले सुरुवाती दुई मिनेटमै पाएको पेनाल्टी गोलको अग्रता कायम राख्दै घोघेसिम एफसी लाई २–० ले पछि पार्दै जित हासिल गरेकाे छ ।
जनसेवाका जर्सी नम्बर ७ ले पेनाल्टी सुटमार्फत पहिलो गोल गरेका थिए भने दोस्रो हाफमा अर्को गोल थप्दै जित पक्का गरे । प्रतियोगितामा जिल्ला भरका ४४ वटा टिम सहभागी थिए ।
फाइनल खेल आयोजक समितिका संयोजक राज बहादुर खत्रीका अनुसार भाेली दिउँसो १२ बजे आकर्षक सांस्कृतिक कार्यक्रम सहित सुरु हुनेछ । अब सबैको नजर उपाधिमा चन्दननाथ–३ र जनसेवा (बी) मध्ये कसले बटुल्ला भन्ने दाेदार परेका छन् ।





