१. फिच रेटिङले सन् २०२५ मा नेपाललाई दिएको सार्वभौम साख रेटिङ कुन हो ?

उत्तर : BB- (बिबी माइनस)
दोस्रो परीक्षणमा पनि यथावत् BB रेटिङ
सामाजिक–राजनीतिक चुनौती र प्राकृतिक विपत्तिबीच पनि दीर्घकालीन दायित्व पूरा गर्ने क्षमताको अन्तर्राष्ट्रिय पुष्टि।
२. UN DESA को ‘World Urbanization Prospects 2025’ अनुसार विश्वकै सबैभन्दा घना/ठुलो सहर कुन ?
उत्तर : जकार्ता, इन्डोनेसिया
जनसंख्या : ४.१९ करोड
दोस्रो : ढाका (३.६६ करोड) २०५० सम्म विश्वकै ठुलो सहर बन्ने अनुमान
तेस्रो : टोकियो (३.३४ करोड)
३. कर्णाली प्रदेशको GDP योगदान (२०८१/८२) कति ?
उत्तर : ४.१९% (सबैभन्दा कम)
कृषि ३१.५०%, उद्योग ९.५८%, सेवा ५८.९१%
आर्थिक वृद्धि अनुमान : ४.७४%
४. थाइल्यान्डमा ३०० वर्षयताकै भारी वर्षा कहिले ?
उत्तर : नोभेम्बर २१, २०२५
एकैदिन ३३५ मिमी वर्षा
१० प्रान्त प्रभावित, २० लाखभन्दा बढी प्रभावित
५. हालै बाढी–पहिरोका कारण आपतकाल घोषणा गर्ने देश ?
उत्तर : श्रीलङ्का (नोभेम्बर २०२५)
६. ‘गोरखापत्र एकेडेमी’ स्थापना गर्ने निर्णय कहिले ?
उत्तर : २०७९ मङ्सिर १२
उद्देश्य : पत्रकारिता क्षेत्रका लागि अध्ययन–अनुसन्धान, तालिम, प्रकाशन।
७. “खुसी सोचाइ, बोलाइ र गराइमा समानता भए मात्र मिल्छ” – को भनाइ ?
उत्तर : महात्मा गान्धी
८. अरनिको युवा कला पुरस्कार २०८२ कसले पाए ?
उत्तर : सुरेम देसार
गायन–संगीत : रिता केसी (नारायणगोपाल युवा संगीत पुरस्कार)
९. नेपालमा पहिलो पटक Green Skill Advisory Board गठन कहिले ?
उत्तर : २०८२ मङ्सिर
उद्देश्य : हरित सिप, दिगो रोजगारी, वातावरणमैत्री तालिम
१०. बिजुलीमाया वन अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०८२ – प्राप्तकर्ता ?
उत्तर : गीतकार किरण खरेल
पुरस्कार राशि : रु. १,००,०००
११. विनय कसजू स्मृति प्रतिष्ठान– साहित्य पुरस्कार २०८२ कसलाई ?
उत्तर : नीलकण्ठ न्यौपाने
१२. चुच्चे नक्सासहित १०० रूपैयाँको नयाँ नोट प्रचलनमा कहिले ?
उत्तर : २०८२ मङ्सिर ११
बायाँ : सगरमाथा
दायाँ : लालीगुराँस
बीचमा : चुच्चे नक्सा + अशोक स्तम्भ
सुरक्षा धागो : सिधा हेर्दा रातो, ढल्काएर हेर्दा हरियो
१३. सार्क प्रोग्रामिङ समिति ६१ औँ अधिवेशन कहिले ?
उत्तर : २०८२ मङ्सिर १०
माध्यम : भर्चुअल
अध्यक्षता : नेपाल
१४. सुदूरपश्चिम प्रदेशको GDP योगदान (२०८१/८२) कति ?
उत्तर : ७.०३%
आर्थिक वृद्धि : ३.३२%
कृषि, वन र मत्स्यको हिस्सा : ३४.७२%
१५. इथियोपियाको हाइली गुब्बी ज्वालामुखी १२ हजार वर्षपछि कहिले विस्फोट भयो ?
उत्तर : नोभेम्बर २३, २०२५
१६. लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान – मनाइने मिति ?
उत्तर : नोभेम्बर २५ – डिसेम्बर १०
राष्ट्रिय नारा : प्रविधिको सही प्रयोग गरौँ – लैङ्गिक हिंसा अन्त्य गरौँ
अन्तर्राष्ट्रिय नारा : Unite to End Digital Violence…
१७. अपर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको क्षमता ?
उत्तर : १०६३ मेगावाट (सङ्खुवासभा)
१८. बाह्य मिचाहा प्रजातिको पहिलो राष्ट्रिय सम्मेलन (National COP–1) कहिले ?
उत्तर : २०८२ मङ्सिर २६–२७, ललितपुर
नेपालमा २६ प्रजातिका मिचाहा वनस्पति पहिचान
स्रोत :- गोरखापत्र दैनिक





