मुगु । केन्द्रीय जेन्जी मुगु संयोजक अनिल बानियाले पछिल्लो समय मुगु जिल्लामा गरेका अनेकौं पहल र उदाहरणीय कामसँगै स्थानीय सेवा–सुविधा विस्तारमा उल्लेखनीय प्रगति भएको छ।

बानियाका अनुसार छायनाथ रारा नगरपालिका अन्तर्गत गमगढी बजारमा रहेको मालपोत कार्यालय, नापी कार्यालय र इलाका प्रशासन कार्यालय केही समयभित्रै खत्याड गाउँपालिकामा स्थानान्तरण गरी सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। यससँगै अब खत्याडका स्थानीयले जिल्लासदरमुकाम गमगढीसम्म दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता समाप्त हुने भएको छ।
उनका अनुसार, “अब मालपोत, नापी तथा प्रशासनिक सेवा खत्याड गाउँपालिकामै उपलब्ध हुनेछ, सेवाग्राहीलाई सहज पहुँच बनाउने हाम्रो प्राथमिकता हो,” भनेर जानकारी गराइएको छ।
योसँगै जिल्लाभरका आवश्यक विद्यालयहरूको कामसमेत तीव्र गतिमा अघि बढाइएको बानियाले बताएका छन्। स्थानीय विकास, सेवापहुँच विस्तार र सामाजिक कार्यमा सक्रिय बानियाले मुगुमा थुप्रै ठोस काम अगाडि बढाउँदै आएका छन्।
स्थानीयका अनुसार बानियाको पहलपछि प्रशासनिक सेवा गाउँमै आउने भएपछि समय, पैसा र श्रम बचत हुनुका साथै सामान्य नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।





