मुगु । अकल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १३, रुगा स्थित श्री मालिका आधारभूत विद्यालयमा अध्ययनरत १७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक पहुँच र सिकाइलाई सहज बनाउने उद्देश्यले फाउन्डेसनले कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै गरिएको सहयोगले विद्यालय समुदायलाई उत्साहित बनाएको विद्यालय प्रशासनले जनाएको छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रमका क्रममा श्री मालिका आधारभूत विद्यालय परिवारले अकल कोपिला फाउन्डेसनकी धर्मपत्नी कोपिलालाई सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मायाको चिनो स्वरूप उपहार तथा प्रमाणपत्र प्रदान गरेको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले अकल कोपिला फाउन्डेसनले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका छन ।
रुगाबाट दल बहादुर रावतले जानकारी दिनुभएको हो ।






