१. लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ?
✅ वि.सं. २०८२ पुस १३
१५–६० वर्ष उमेर समूहको औसत साक्षरता दर : ९६.१६%
हालसम्म साक्षर घोषित प्रदेश : ५ वटा
हालसम्म साक्षर घोषित जिल्ला : ६८ वटा
६८ औँ साक्षर जिल्ला : कालिकोट (वि.सं. २०८२ असोज ९)
पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक (२०७१ असार २)
पहिलो पूर्ण साक्षर जिल्ला : ललितपुर (२०७१ असार ९)
हालसम्म कुनै जिल्ला साक्षर घोषित नभएको प्रदेश : मधेश प्रदेश

२. करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो ?
✅ केराबारी गाउँपालिका, मोरङ
शुभारम्भ : वि.सं. २०८२ पुस ९
उद्घाटनकर्ता : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल
सेवा : आन्तरिक राजस्व कार्यालयका सेवा स्थानीय तहबाट
उद्देश्य : समय, लागत र झन्झट घटाउने
३. राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ ?
✅ पुस १५
निर्णय : मन्त्रिपरिषद् (वि.सं. २०८२ पुस ११)
व्यावसायिक च्याउ खेती : ४७ जिल्ला
च्याउ खेती विस्तार : ७० जिल्ला
च्याउ किसान संख्या : ३५,०००
४. १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ मा ‘हात्ती सुन्दरी’ को उपाधि जित्ने हात्ती कुन हो ?
✅ पुनमकली
प्राप्त अंक : २५० / ३००
हात्ती फुटबल (सिङ्गल पेनाल्टी लिग) विजेता : लक्ष्मीकली
५. ‘हाम्रो प्रहरी’ अभियान कहिले सुरु गरिएको हो ?
✅ वि.सं. २०८२ पुस १३
आयोजक : जिल्ला प्रहरी परिसर, काठमाडौं
कार्यक्रम : समुदाय–प्रहरी साझेदारी कार्यक्रम
६. स्मार्ट सहरी योजना तथा विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?
✅ वि.सं. २०८२ कात्तिक १६–१७ (काठमाडौं)
परिणाम : घोषणापत्र जारी
७. संयुक्त राष्ट्रसंघद्वारा ‘International Decade for Sustainable Development’ घोषणा गरिएको अवधि कुन हो ?
✅ सन् २०२४–२०३३
‘Decade of Eradication of Poverty’ : २०१८–२०२७
८. ‘हिमाल सफा राख्ने सम्बन्धी कार्ययोजना २०८२–२०८६’ कहिले स्वीकृत भयो ?
✅ वि.सं. २०८२ मङ्सिर २८
मन्त्रालय : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
दीर्घकालीन लक्ष्य : सफा हिमाल, स्वच्छ वातावरण
हिमाल सफाइ अभियान सुरु : सन् २००० (केन नेगुची)
नेपाली सेनाको ‘सफा हिमाल अभियान’ : सन् २०१९ देखि
हालसम्म सङ्कलित फोहोर : १,१९,०५६ के.जी.
सगरमाथा आरोहण फोहोर नियम : ८ के.जी. (सन् २०११ देखि)
९. पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन कहिले भयो ?
✅ वि.सं. २०८२ पुस ८ (८८ वर्ष)
१०. अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एकै ओभरमा ५ विकेट लिने खेलाडी को हुन् ?
✅ गेदे प्रियान्दाना (इन्डोनेसिया)
मिति : सन् २०२५ डिसेम्बर २३
विपक्षी : कम्बोडिया
११. ‘खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिल्यै बन्द हुँदैन’ — कसको भनाइ हो ?
✅ मदर टेरेसा
१२. नेपाल BFSI Summit 2025 कहिले सम्पन्न भयो ?
✅ सन् २०२५ डिसेम्बर १९, काठमाडौं
१३. अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाइन्छ ?
✅ डिसेम्बर १८
२०२५ को नारा :
“श्रम आप्रवासनमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन”
१४. ‘पोखरेली नवरत्न’ अवार्ड २०८२ बाट सम्मानित व्यक्तित्वहरू को को हुन् ?
✅ ९ जना
चन्द्रकान्त बराल
अमृत गुरुङ
चन्द्रकृष्ण कर्माचार्य
तीर्थ श्रेष्ठ
तिलकमान गुभाजू
प्रा.डा. बुद्धिबहादुर थापा
प्रा.डा. वीरेन्द्रसिंह गुरुङ
रामकली खड्का
हरिप्रसाद पाण्डे
🎁 पुरस्कार : रु. २,०२,२०२ + ताम्रपत्र + पदक
१५. NSSN १३ औँ किन्डर ओलम्पिक कहिले उद्घाटन भयो ?
✅ वि.सं. २०८२ पुस १२
१६. ‘Global Hero Award 2025’ प्राप्त गर्ने नेपाली को हुन् ?
✅ कुलमान घिसिङ
१७. ‘हिउँको गीत’ उपन्यासका लेखक को हुन् ?
✅ तीर्थ गुरुङ
१८. थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौता कहिले भयो ?
✅ सन् २०२५ डिसेम्बर २७
१९. प्रतिनिधिसभा निर्वाचन २०८२ मा उम्मेदवारको खर्च सीमा कति तोकिएको छ ?
✅ रु. २५ लाख – ३३ लाख
निर्वाचन क्षेत्र : १६५
खर्च सीमा वर्गीकरण : ५ वर्ग
स्रोत गोरखापत्र





