जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहसँग कर्णाली प्रदेशसहित सम्पूर्ण नेपालको दिगो विकासका लागि विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको बताएका छन् ।

शाहीले भेटवार्ता अत्यन्त सकारात्मक, फलदायी र ऊर्जावान् रहेको उनले उल्लेख गरेका छन् ।बैठकमा विकासका आधारभूत संरचना सुदृढीकरण, शिक्षा तथा स्वास्थ्य सुधार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगजस्ता विषयमा विशेष जोड दिइएको उनले बताए।
यसका साथै, कर्णाली प्रदेशको समावेशी विकासमार्फत राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने दृष्टिकोण पनि प्रस्तुत गरिएको थियो। भेटवार्ताले सकारात्मक सहकार्यका साथै भविष्यका लागि नयाँ आशा र अवसर सिर्जना गर्ने महत्वपूर्ण आधार तयार भएको उनले भनेका छन् ।
शाहीले उठाए यी कुरा
१,सडक
कर्णाली राजमार्गको स्तर उन्नति र समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्नका लागि प्रधानमन्त्री सक्षम अपिल गर्दछु।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत दैलेख बजार – महाबुलेख गाल्जे स्तर उन्नति र कालोपत्रे गरिदिनुहुन – भातडी – नाग्मा – गमगढी – नाक्चेलाग्ना – भुलभुल रारा सल्लेरी अन्तर जिल्ला, जुम्ला मुगु स्तर उन्नति एवं नागमनदेखि रारासम्म कालोपत्रे गरिनुपर्ने गरिदिनका लागि अपिल गर्दछु।
ताम्ती – टोप्ला – इमिल्चा जाजरकोट सडक निर्माण साथै स्तरोउन्नति कालोपत्रे गरिनुपर्ने। उर्थु-लासी – लुम – तल्फी पेरे सडक स्तर उन्नति एवं कालोपत्रे गरिनुपर्ने। दानसाधु – देपलगाउ – गर्ज्याङकोट गुठीचौर मणिसागु चोत्रा मौरेलेक सडक स्तरोन्नति अन्तर जिल्ला जुम्ला, गुठीचौर गाउँपालिका – डोल्पा स्तरोन्नति एवं कालोपत्रे गरिनुपर्ने।
२,सञ्चारमाध्यम
जुम्ला जिल्लाका केही ठाउँमा अपुक रहेका आवश्यक नयाँ टावरहरु निर्माण साथै जिल्लाभरि आवश्यक इन्टरनेट फोरजी सेवा विस्तार बस्ती कुप्चा कोप्चामा भएका हुनाले साना रिले टावरहरूको स्थापना गरिदिनु हुन ।
३,सरकारी विधेयक
सिन्जा सभ्यता विधेयक ल्याइदिनु हुन साथै सिजाको संस्कृति र खस सभ्यतालाई संरक्षण गर्न एउटा छुट्टै अनुसन्धान केन्द्र स्थापना गरिदिनु हुन। सिन्जा क्षेत्रलाई विश्व सम्पदा सूचीमा स्वीकृतिकृत गराउन का लागि सरकारको तर्फबाट पहल गरिदिनु हुन सम्माननीय प्रधानमन्त्रीज्यूलाई अपिल गर्दछु।
४,स्वास्थ्य
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमआरआई मेशिन आवश्यकता साथै प्रतिष्ठान अन्तर्गतका पुराना केही निर्णयहरूको संशोधन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधान संशोधन।
जुम्ला जिल्लाका स्थानीय सरकार सरकारले निर्माण गर्ने स्वास्थ्य सेवा केन्द्रहरू गाउँपालिकामा अलपत्र परेको त्यसैगरी तिला गाउँपालिकामा । अहिलेसम्म सञ्चालनमा आएको स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइदिन र बेलैमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्दिन अपिल गर्दछु।
जुम्ला जिल्ला अस्पताल सिँजा क्षेत्रको बीच ठाउँमा सारिदिनुहुन तीनटै गाउँपालिकालाई उचित पर्ने स्थानमा स्थानान्तरण गरिदिनुहुन साथै जिल्ला अस्पतालमा उचित किसिमका स्वास्थ्य उपकरणहरू उपलब्ध गराइदिनु अपिल गर्दछु। स्वास्थ्य दक्ष जनशक्तिहरू उपलब्ध गराइदिनु अपिल गर्दछु।
५,खानेपानी
जुम्ला जिल्लामा निर्माणाधीन धौलीघाट बृहत खानेपानी आयोजनामा बजेट अपुक र आयोजना कार्यालयको उचित व्यवस्थापन नहुदा अलपत्र परेको धौलीघाट बृहत खानेपानी आयोजना सफल पार्न आवश्यक सहजीकरण।
जुम्ला जिल्ला भित्र विभिन्न स्थानीय गाउँहरुमा खानेपानीको व्यापक समस्या छ समस्याका फाइलहरु खानेपानी मन्त्रालयमा अलग्गै बुझाइनेछ। उक्त बुझाइएका फाइलहरु कार्यान्वयन गर्दिन प्रधानमन्त्रीज्यूलाई अपिल गर्दछु।
६,विद्युतीकरण
राष्ट्रिय प्रसारण लाइनलाई विस्तार गरी जुम्ला जिल्लाभरि आवश्यक विद्युतीकरण राष्ट्रिय प्रसारण लाइनको विस्तार ढिला गर्ने ठेकेदारलाई कारबाही गर्ने अपिल गर्दछु।
सुर्खेतदेखि जुम्लासम्म १३२ केभीको लाइनको ठेक्का भएको तर काम नभएकाले उक्त ठेकेदारलाई छिटो काम सुरु गर्न सम्बन्धित निकायबाट निर्देशन दिनुहुन अपिल गर्दछु।
७,कृषि
जुम्ला जिल्लाका कृषकहरुलाई कृषि विकास कार्यालय र स्थानीय तहबाट पाउने अनुदानहरू वास्तविक किसानले नपाई पार्टीका कार्यकर्ताले पाउने चलन भएकाले यसको नियमन गरी अनुगमन गरी तत्काल कारबाही गरिदिनु हुन अपिल गर्दछु।
स्याउ किसानलाई पाउँदै आएको कृषि अनुदान केही ठूला सेवा व्यवसायी फर्मले मात्र पाउने कृषि मन्त्रालयको निर्देशिका भएको हुँदा उक्त निर्देशिका परिवर्तन गर्दिन र साना किसानलाई उक्त अनुदान उपलब्ध गराइदिनुहुन अपिल गर्दछु।
जुम्लाका स्याउ र आलु किसानका लागि उचित कार्टुनको व्यवस्था गरी विशेषगरी स्याउ किसानका लागि काठको कार्टुन निर्माण गरी अनुदानमा उपलब्ध गराइदिनुहुन वा वन ऐन परिवर्तन गरी स्याउका कार्टुन बनाउनका लागि रुख काट्ने र कार्टुन बनाउने व्यवस्था मिलाइदिनु अपिल गर्दछु।
जुम्लाको आलु नेपालकै उत्कृष्ट आलु पर्दछ। हिमाली जिल्लामा पाइने आलुको विशेषता नै फरक हुन्छ । त्यसैले जुम्लाको आलुलाई नेपालभरि पुर्याउन र नेपालभरि बजारीकरण गर्न जुम्लामा एउटा आलु सुपर जोन बनाइदिनका लागि अपिल गर्दछु।
साथै आलु कलेक्सन र बिक्री गर्नका लागि एउटा व्यापारिक केन्द्र पातारासी गाउँपालिकामा स्थापना गर्न अपिल गर्दछु।
८,शिक्षा
नेपालभरि विशेष गरेर कर्णाली अझै जुम्ला जिल्लामा स्थानीय सरकारले शिक्षा क्षेत्र चलाउने ऐन कानुन बनेकाले आज स्थानीय सरकारका प्रमुखले पार्टीका कार्यकर्तालाई क्षमता र दक्षता बिना शिक्षक नियुक्ति गर्नाले आज देशको शिक्षा अवस्था पूरै खस्किएको छ।
त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो अनुरोध देशको शिक्षा क्षेत्र सुधार्नका लागि हरेक स्थानीय तहमा नियुक्ति गरिएका पार्टीका कार्यकर्ता र क्षमताविहीन शिक्षकलाई तत्काल कारबाही गरी निलम्बन गरियोस् शिक्षक नियुक्ति हुनका लागि चाहिने योग्यता र मापदण्ड संघीय सरकारले अनुगमन गर्ने गरी ऐन परिवर्तन गरियोस्।
९,जडीबुटी
कर्णाली प्रदेश जडीबुटीको लागि नेपालको सबैभन्दा बढी उत्पादन हुने क्षेत्र भएको हुँदा उक्त क्षेत्रको किसानहरुलाई जडीबुटी उत्पादन गर्न कानुन संशोधन गरेर सरकारी जग्गा उपलब्ध गराउने व्यवस्था गरिदिनुपर्यो। किनकि जडिबुटी उत्पादन पाटन क्षेत्रमा मात्र हुन्छ।
पाटन क्षेत्र भनेको सरकारी जमिन हुन्छ।जडीबुटी प्रशोधन गर्नका लागि जडीबुटी प्रशोधन तथा संलग्न केन्द्र स्थापना गरिदिनुहुन अपिल गर्दछु। अन्त्यमा, माथि उल्लिखित विषयहरुमा यथाशीघ्र आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु





