काठमाडौं । गृहमन्त्री सुधन गुरुङको नाममा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ ।

आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ ।
उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ ।
गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर(१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको बाँडफाँट नभएको नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ । त्यस्तै गृहमन्त्री गुरुङ सँग ८९ तोला सुन, ६ किलो चाँदी समेत रहेको सम्पति बिबरणमा जनाइएको छ ।





