उच्च अदालत सुर्खेत, जुम्ला अदालतमा ९५.५३ प्रतिशत मुद्दा फर्छ्योट
जुम्ला । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०८२/८३ मा ९५ दशमलव ५३ प्रतिशत मुद्दा फर्छ्याैट गरेकाे छ । बिहिवार पत्रकारसँग अन्तरक्रिया कार्यक्रमा उच्च अदालत सुर्खेत, जुम्ला इजलासले यस्ताे तथ्यांक सार्वजनिक गरेकाे हाे ।
पत्रकार सँगकाे भेटमा अदालतले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका न्यायिक, प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी गतिविधि अन्तरक्रिया कार्यक्रम मार्फत सार्वजनिक गरेकाे हाे ।
उच्च अदालत सुर्खेत जुम्ला इजाजतका मुख्य न्यायाधीश वसन्तराज पाैडेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ३ सय ३६ वटा मुद्दा दर्ता भएका मध्य ३ सय २१ वटा मुद्दा फर्छ्योट गरिएको बताए । १५ वटा मुद्दा बाँकी रहेकाे जानकारी दिए ।
उनले भने, मुद्दा फर्छ्योटको प्रगति ९५.५३ प्रतिशत पुगेको र बाँकी रहेका १५ वटै मुद्दा एक वर्ष ननाघेका नयाँ प्रकृतिका रहेको न्यायाधीश पाैडलले जानकारी दिए ।
अदालतका विभिन्न शाखामार्फत दर्ता–चलानी, पुनरावेदन तथा रिट निवेदन दर्ता, मुद्दा प्रशासन, आर्थिक प्रशासन, स्टोर, सूचना प्रविधि, अभिलेख, मेलमिलाप केन्द्र, इजलास तथा वैतनिक कानुनी सेवालगायतका सेवा सञ्चालन हुँदै आएकाे न्यायाधीश पाैडेलकाे भनाइ छ ।
पत्रकार भेटघाट तथा समीक्षा कार्यक्रममा निवेदन व्यवस्थापनतर्फ ६० वटा निवेदन दर्ता भएको, तीमध्ये ५५ वटा फर्छ्योट भई ५ वटा बाँकी रहेको जानकारी दिइयो। यसअन्तर्गत वैदेशिक रोजगारसम्बन्धी पुनरावेदन, अन्तरकालीन आदेश तथा अन्य निवेदन समावेश छन्।
उच्च अदालत सुर्खेत, जुम्ला अदालतमा ९५.५३ प्रतिशत मुद्दा फर्छ्योट
उच्च अदालत सुर्खेत, जुम्ला अदालतमा ९५.५३ प्रतिशत मुद्दा फर्छ्योट

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




