मुगु । मुगु जिल्लाको मुगु कार्मारोङ गाउँ पालिका चिमाथस्थित श्री आनन्द आधारभूत विद्यालयका ७० विद्यार्थीलाई अक्कल कोपिला फाउन्डेसन द्वारा सहयोग स्वरूप शैक्षिक सामाग्री वितरण गरिएको छ । साथै ६ जना विपन्न तथा दलित समुदायका जेहेनदार विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराइएको विद्यालयले परिवारले जनाएको छ ।

यस कार्यक्रमको समन्वयका लागि जिम्मेवारी वहन गर्नुभएका सहयोगी अक्कल बोहोरा प्रति आयोजकहरूले विशेष आभार व्यक्त गरेका छन ।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने ९ नम्बर वडाका वडाध्यक्ष रतनबहादुर बुढा, स्वास्थ्यकर्मी बलिराज बुढा लगायत सबैप्रति फाउन्डेसनले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
आगामी दिनमा पनि मुगु जिल्लाका अन्य बिद्यालयमा पनि अक्कल फाउन्डेसन द्वारा सहयोग गर्ने बताईएको छ ।





