ललितपुर । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न न्युजेन स्पोर्ट्स फेस्ट–२०२६ मा टिम कर्णाली समग्र च्याम्पियन बनेको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै टिम कर्णालीले १८ स्वर्ण पदक जित्दै उपाधि उचाल्न सफल भएको न्युजेन स्पोर्ट्स एकेडेमीले जनाएको छ ।

न्युजेन स्पोर्ट्स एकेडेमीको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित उक्त महोत्सवको सफल आयोजनामा एक्सपर्ट एजुकेशन कन्सल्टेन्सीका बिजनेस डेभलपमेन्ट म्यानेजर प्रसन्न दाहालको विशेष भूमिका रहेको एकेडेमीले उल्लेख गरेको छ । सामाजिक सेवा तथा सामुदायिक सहयोगप्रति रुचि राख्ने व्यक्तित्वका रूपमा परिचित दाहालले न्युजेन फेस्ट–२०२६ का गोल्ड स्पोन्सरको रूपमा उदार सहयोग, मार्गदर्शन तथा निरन्तर समर्थन प्रदान गरेकामा एकेडेमीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल ओलम्पियन संघका अध्यक्ष ओलम्पियन दीपक बिष्टले खेलकुदले व्यक्तित्व विकास मात्र नभई राष्ट्र निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।
महोत्सवमा १० भन्दा बढी खेल विधा समावेश गरिएको थियो ।
बलुन पपर प्रतियोगितामा लोबसाङ तामाङ प्रथम भए भने बनाना जम्पमा स्वामिक महतारा विजेता बने ।
समग्रमा प्रभावशाली प्रदर्शन गर्दै बिष्णु महताराको नेतृत्वमा रहेको टिम कर्णालीले सबै टोलीलाई पछि पार्दै प्रतिष्ठित समग्र च्याम्पियनको उपाधि जितेको हो ।
न्युजेन नेपालका म्यानेजर मनोज महर्जनले कार्यक्रमलाई अझ उच्च स्तरमा पुर्याउन सहयोग र मार्गदर्शन प्रदान गरेकोमा प्रसन्न दाहालप्रति हार्दिक आभार व्यक्त गरे ।
महोत्सवमा मनोरञ्जनात्मक खेलहरू, खानपान, अवलोकन भ्रमण तथा पदक र ट्रफी वितरण कार्यक्रम समेत समावेश गरिएको थियो, जसले सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको आयोजकको भनाइ छ ।
उच्चतम स्वर्ण पदक जित्ने टोलीलाई प्रदान गरिने प्रतिष्ठित टिम ट्रफीका लागि
सिम्रन थापाको नेतृत्वमा टिम कुमारी,
सुनिता गुरुङको नेतृत्वमा लालिगुराँस,
मोहन क्षेत्रीको नेतृत्वमा एभरेस्ट,
चन्द्र रानाको नेतृत्वमा बुद्ध,
मनोज महर्जनको नेतृत्वमा गोर्खाली
र बिष्णु महताराको नेतृत्वमा कर्णाली
बीच उत्साहजनक प्रतिस्पर्धा भएको थियो ।
न्युजेन स्पोर्ट्स एकेडेमीले खेल भावना, आत्मविश्वास र युवाहरूको समग्र विकास प्रवर्द्धन गर्ने यस्ता प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।







