मुगु । अकल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १३, रुगा स्थित श्री मालिका आधारभूत विद्यालयमा अध्ययनरत १७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक पहुँच र सिकाइलाई सहज बनाउने उद्देश्यले फाउन्डेसनले कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै गरिएको सहयोगले विद्यालय समुदायलाई उत्साहित बनाएको विद्यालय प्रशासनले जनाएको छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रमका क्रममा श्री मालिका आधारभूत विद्यालय परिवारले अकल कोपिला फाउन्डेसनकी धर्मपत्नी कोपिलालाई सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मायाको चिनो स्वरूप उपहार तथा प्रमाणपत्र प्रदान गरेको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले अकल कोपिला फाउन्डेसनले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।
रुगाबाट दल बहादुर रावतले जानकारी दिनुभएको छ ।






