जुम्ला । गिडिदह युवा क्लबको आयोजनामा जारी खुला पुरुष फुटबल प्रतियोगितामा आज बिहानदेखि भएको खेलहरूमा चार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेका छन ।

पहिलो खेल बिहान ८ बजे देपाल गाउँ एफसी र हाँकु एफसीबीच भएको थियो । निर्धारित समयसम्म खेल बराबरीमा टुंगिए पछि पेनाल्टी सुटआउटमा हाँकु एफसी विजयी बन्यो ।
त्यसैगरी, दोस्रो खेलमा जुम्ला एफसी र सप्तशिला एफसी आमनेसामने भए । दुवै टोली बीचको खेल पनि बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जुम्ला एफसीले प्रतिस्पर्धीलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गर्यो ।
तेस्रो खेलमा बल्याक डाइमण्ड एफसी र जनसेवा एफसी बीच रोमाञ्चक भिडन्त भयो । तीव्र प्रतिस्पर्धा पछि पेनाल्टीमा बल्याक डाइमण्ड युवा क्लब विजयी बन्न सफल भयो ।
आजको अन्तिम खेलमा साथी एफसी र तातोपानी–६ जुम्ला भिडे । निर्धारित समयमा तातोपानी–६ ले २–१ गोलको अन्तरले जित दर्ता गर्दै उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्यो ।
दिनभर चलेका खेलहरूले खेलाडीहरूको जोश र दर्शकहरूको उत्साहले खेल बाताबरणलाई झन् जीवन्त बनाएको थियो । साथै, प्रतियोगिताको प्रत्यक्ष प्रसारण गिडिदह एक्सपोलर मार्फत गरिएको आयोजकले जानकारी गराएको छ ।





