जुम्ला । गिडिदह युवा क्लबद्वारा आयोजित खुला पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आज तीन रोमाञ्चक खेल सम्पन्न भएका छन ।

पहिलो खेलमा लेकाली युवा क्लब र घोगेसिम युवा क्लबबीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमार्फत घोगेसिम युवा क्लब विजयी बनेको छ ।
दोस्रो खेलमा बुद्ध एफ.सी.ले जनसमानता युवा क्लबलाई एक गोलको अन्तरले पराजित गर्दै जित हात पारेको छ ।
तेस्रो खेलमा जेन जेट र जुम्ला टाउन एफ.सी.बीच कडा प्रतिस्पर्धा देखिएको थियो, जसमा जेन जेटले एक गोलको जित निकाल्दै अर्को चरणमा स्थान सुरक्षित गरेको हो ।
आजका खेलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिले जनाएको छ ।





