हिन्दु संस्कृति रीतिरिवाज मध्ये माघे सक्रांती पनि एक हो । यो पर्व धार्मिक कारण भन्दा पनि खगोलिय आधारमा मनाइने पर्व हो । माघि संक्रान्ति ऋतु परिवर्तन वातावरण, परिवर्तन,मौसम परिवर्तन,दिन परिवर्तन, अयन परिवर्तन, रात परिवर्तन, क्रान्ति परिवर्तन र देवी देवताहरुको बसोवास परिवर्तनको दिनको रुपमा आदिकाल देखि मनाइदै आएको पर्व हो ।

सनातनी समाजले वर्षको दुइ पर्वलाइ खगोलिय हिसाव अन्त्रगत सौर्य पात्रोको आधारमा मनाइने गरिन्छ । त्यी हुन मक्कर सक्रान्ति र साउने सङ्क्रान्ति अर्थात कर्कट सङ्क्रान्ति र मक्कर सक्रान्तिलाइ माघि सक्रांती र कर्कट सक्रांतीलाई साउने सङ्क्रान्ति भनिन्छ । जुन साउन १ गते साउने सङ्क्रान्ति र माघ १ गते माघि सक्रांती मनाउने गरिन्छ ।
सनातनी समाजले काल गणना चन्द्र बर्ष र सौर्य वर्षको मिस्रण सहितको एक पात्रो प्रयोग गर्दै आएको छ । यी दुइ पात्रोको आधार मध्य चन्द्र पात्रोको प्रयोगवाट समाजले चाड, पर्वहरू, तिथि, सराद, देव पुजा, पित्रि पुजा होम यज्ञा शुभ-अशुभ मृत्यु संस्कार जन्म संस्कृार गर्दै आएको छ ।तर सौर्य पात्रोको आधारवाट साउने सङ्क्रान्ति र माघे सङ्क्रान्ति सौर्य पात्रोवाट मनाइन्छ भने अरु सबै चन्द्र पात्रोको आधारमा मनाइने गरिन्छ ।
चन्द्र पात्रोमा तिथि, नक्षेत्रवाट,योग करणको प्रयोग हुन्छ भने सौर्य पात्रोवाट गते र तारिखलाइ प्रयोग गर्ने गरिन्छ । त्यसैले देव पुजा पित्रृ पुजा तिथिको आधारमा हुन्छ। दशैं,तिहार, नागपञ्चमी, श्रीपन्चमी भैलि भुवा जस्ता जे जति चाड पर्वहरू छन त्यी सबै तिथिको आधारमा मनाइने गरिन्छ अर्थात चन्द्र पात्रोको आधारमा मनाइने गरिन्छ । तर साउने सङ्क्रान्ति र माघि सङ्क्रान्ति खगोलिय र सौर्य पात्रोको आधारमा मनाइने पर्व हुन त्यसैले यी दुइ पर्व मनाउन तिथिलाइ महत्व नदिएर गते र तारिखको महत्व दिइन्छ अर्थात साउन एक गते र माघ एक गतेलाइ महत्व दिइन्छ । चन्द्र पात्रोवाट मनाइने पर्व धार्मिक र सामाजिक मान्यताका रुममा मनाइने गरिन्छ भने साउने सङ्क्रान्ति र माघि सङ्क्रान्ति खगोलिय आधारमा मनाइने गरिन्छ ।
चन्द्र पात्रोमा एक महिनामा तिस तिथि हुन्छन् जस्मा १५ तिथि शुक्ल पक्षको र १५ दिन कृष्ण पक्षको हुन्छन् । तर चन्द्र पात्रोमा एक वर्षमा ३५४ दिन हुन्छन् भने सौर्य पात्रोमा एक महिनामा तीस दिन हुन्छन् जुन गतेको हिसाव हुन्छ तर एक वर्षमा ३६५ दिन हुन्छन् । चन्द्र पात्रो र सौर्य पात्रोको ११ दिनको फरक पर्न जान्छ । चन्द्र पात्रोमा गते नपाइने हुनाले हिन्दु इतिहासमा मितिको साल, महिना र गते पाइदैन। जस्को कारण वेद पुराणमा पाइने इतिहास कथा वन्न गएका छन्। सन्तान धर्मको बिरोध गर्नेहरुले यी इतिहासलाइ काल्पनिक भन्ने गरेका छन्। यो समस्या चन्द्र पात्रोमा साल गते नपाइनाले भएको हो । एक कुरा के इस्पस्ट हुन्छ भने चन्द्र पात्रो पुरानो पात्रो रहेछ ।
यसै क्रममा सौर्य वर्षको आधारमा, धार्मिक भन्दा खगोलिय हिसावले मनाइने चाड हो माघि सङ्क्रान्ति। माघ एक गतेका दिनबाट सुर्य धनु रासीवाट पार गरी मक्कर रासीमा प्रवेश गर्ने हुनाले यो माघ एक गतेको चाडलाइ मक्कर सक्रान्ति भनिएको हो भने सुर्य मिथुन राशीवाट पार गरी कर्कट राशीमा प्रवेश गरेको दिन साउन एक गते लाइ कर्कट सङ्क्रान्ति भनिएको हो ।
पृथ्वीको परिधिलाइ वैधिक कालमा मापन गर्दा २४८०० माइल अर्थात ५०५९ योजन र ३६० डिग्रीको वृत मानेको छ। यो ३६० को वृतलाइ चन्द्र वर्षको आधारमा १२ राशीमा र सौर्य वर्षको आधारमा १२ महिनाको हिसावले विभाजन गरिएको छ। एक राशीलाइ ३० डिग्रीको कोणमा विभाजन गरी जम्मा १२ राशीका ३६० डिग्री पुर्याइएको छ। सुर्यको एक महिनामा एक राशी पुरा गर्ने हुनाले एक महिनामा ३० डिग्री पार गर्छन् । यसरी मक्कर सक्रान्ति १८० डिग्री र साउने सङ्क्रान्ति १८० डिग्रीको कोणमा हुन्छ। यसै गरी साउने सङ्क्रान्ति र माघि सक्रांती राशिको आधारमा मात्र नभइ अयनका पनि सक्रान्ति हुन् । एक वर्षमा दुइ अयन हुन्छन् त्यी हुन उत्तरायण र दक्षिणायन। जव सुर्य दक्षिण वाट उत्तर प्रवेश गर्छन् त्यसलाइ उत्तरायणन भनिन्छ। सुर्य माघ एक गतेबाट उत्तरायण प्रवेश गर्ने र साउन एक गतेवाट सुर्य दक्षिण प्रवेश गर्ने हनाले साउन एक गते देखि पुस मसान्त सम्मको समयावधिलाई दक्षिणायन भनिन्छ। त्यसैले माघ एक गते र साउन एक गते महिना मात्र होइन अयन परिवर्तनको दिन पनि हुनाले माघि सङ्क्रान्ति र साउने सङ्क्रान्ति अयन परिवर्तनका पर्व पनि हुन ।
पृथ्वीको परिधि ३६० डिग्रिको वृतलाइ २७ नक्षत्रवाट पनि विभाजन गरिएको छ। एक नक्षेत्रलाइ १३:३३ डिग्रिको हिसावले विभाजित गरिएको छ।एक नक्षत्रलाइ १३:३३ डिग्रि हिसावले २७ नक्षेत्रको ३६० डिग्रीको कोण पुरा हुन्छ। कुनै कुनै हिसावमा २८ नक्षत्र पनि गणना हुने गरेको छ । यसको हिसाब गर्दा १३:२० डिग्रिको कोण हुन जान्छ यो पुरा वृत पुरा गर्न पनि सुर्यलाइ एक वर्ष पुरा लाग्छ। त्यसैले पनि माघ एक गते नक्षेत्रको हिसाव वाट पनि १८० डिग्रीमा रहन्छन् । यसरी राशी ,अयन र नक्षेत्रको परिवर्तनको समयको पर्व पनि हो माघि सक्रांती ।
माघि राशी, अयन, नक्षेत्र र महिना परिवर्तन गरेको दिन मात्र नभएर ऋतु परिवर्तन गरेको दिन पनि हो । एक वर्षमा छ वटा ऋतु हुन्छन् प्रत्येक दुइ महिनाको एक ऋतु हुन्छन माघवाट ऋतु पनि परिवर्तन भएको दिन पनि हो । यसै गरी ऋतु अनुसार वायुमण्डलमा वायुको दिशा पनि परिवर्तन हुने गर्दछ। शिशिर ऋतुमा वायु पश्चिम दिशामा बहन्छ, हेमन्त ऋतुमा पनि वायु पश्चिम दिशामा बहन्छ,वसन्त ऋतुमा वायु दक्षिण दिशामा बहन्छ भने ग्रिश्म ऋतुको गतिको दिशा निश्चित हुदैन। अर्थात माघवाट हावाको दिशा अनिश्चित छ। यसरी वायुमण्डलमा वायुको दिशा परिवर्तन हुने गरेको दिलाइ माघे सङ्क्रान्ति भनिन्छ ।
यस्तै गरि दिन लामा र रात छोटा हुदै जान्छन् । दिनमान र दिनार्ध वृदि हुन्छन् भने रात्री मान र रात्रिर्ध कम हुदै जान्छन् । सुर्य उत्तर क्रान्ति धनात्मक हुदै क्रान्ति वृद्धि हुदै जाने हुनाले समय परिवर्तन हुने दिनको रुपमा मनाइने पर्व हो माघि पर्व ।
माघि कसरी मनाइन्छ
यो पर्व रातभर मुडा बालेको आगो ताप्ने, विहान समयमा अनिवार्य नुहाइधुवाइ गर्ने मिठा परिकार खाने गरि मनाइन्छ। परापुर्वकालमा फलहरु आयात निर्यातको सुविधा नभएको हुनाले जमिन मुनि पाइने कन्दमुल ,सखर गन्जि ,तरुल ,पाकेको फर्सी खाएर रमाइलो गरी मनाइने चाड हो । माघ महिना देखि ऋतु परिवर्तन भइ पित्का ऋतु पार गरी देव ऋतु सुरु भएको महिना हुनाले माघ महिनाको धर्मी महिना भनिएको छ भने हिमालमा वसोवास गर्ने कालिका मालिका हिउँदको समयमा हिमालवाट बसाइ सराइ गरेर विन्ध्यनन्च पर्वमा गएकि हुन्छन् अव पुन हिमालमा फर्किने समय हुन लागेको समय सुरु भएको हुनाले पनि माघ महिना धर्मी महिना मानिन्छ । हिउदमा हिमालमा कालिका मालिका नरहने हुनाले लेक पाटन डर लाग्दा उराठ हुन्छन् ।
जव कालिका मालिका विन्ध्याचवाट पुन हिमाल पाटनमा फर्किनछन् पाटन, लेख हराभरा हुन्छन् । ठाउ ठाँउमा पानीका मुहान निस्कन थाल्छन् । हजारौ फुल फुल्छन् , मौरी भमरा भनकन थाल्छन् । त्यसैले माघ महिनालाइ धर्मी महिना भनिएको छ।अरु पनि कारण होलान । त्यसैले माघि सङ्क्रान्तिमा नुहाइधुवाइ गरी पवित्र भइ छोरी वहिनी भान्जा भान्जीको गोडा धोएर पानि खाए दान दक्षिणा दिने गरिन्छ। माघ महिनामा पाप कर्म गर्न हुदैन, हिंसा गर्न हुदैन माछा मासुको उपभोग गर्न हुदैन भन्ने मान्यता रहेको छ ।





